काँग्रेसले भूकम्पपीडितलाई अस्थायी आवास बनाइदिने

८ जेष्ठ २०७२, शुक्रबार २३:०० मा प्रकाशित

काठमाडौँ, ८ जेठ । नेपाली काँग्रेस काठमाडौँ ३ नं क्षेत्रीय समितिले भूकम्पबाट घर भत्किएका ३ नं क्षेत्रका भूकम्पपीडितलाई अस्थायी आवास निर्माण गरिदिने भएको छ ।

नगरपालिकाले उपलब्ध गराएको जस्ताबाट काँग्रेसले अस्थायी आवास निर्माण गरिदिन लागेको हो । अस्थायी आवास बनाउन आइतबारदेखि १०० जना कार्यकर्ता खटाउने निर्णय आज गरिएको ३ नं क्षेत्रीय समितिले जनाएको छ ।

गोकर्णेश्वर नगरपालिका–६ पाखाथोकबाट अस्थायी आवास निर्माण थालिने क्षेत्रीय सचिव श्रीकृष्ण ज्योतिले बताउनुभयो । उक्त क्षेत्रमा भत्किएका घरका धनीलाई अस्थायी वासको व्यवस्था गरिसकेपछि प्रभावित अन्य जिल्लामा पनि कार्यकर्ता परिचालन गरिने उहाँले बताउनुभयो ।

अस्थायी आवास निर्माणका लागि तीनवटा समिति गठन गरिएका छन् । महासमिति सदस्य गजेन्द्रकुमार लामाको संयोजकत्वमा विपद् व्यवस्थापन समिति, ३ नं क्षेत्रका कार्यवाहक सभापति कृष्णजी खड्काको संयोजकत्वमा अनुगमन समिति र सचिव ज्योतिको संयोजकत्वमा कार्यकर्ता परिचालन समिति गठन गरिएको हो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो

ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्

काठमाडौं । निर्वाचन आयोगमा सरिता तिवारीको अध्यक्षतामा दर्ता भएको नेकपा एमालेले बैठक बोलाएको छ । सर्वोच्च अदालतले नेकपालाई पार्टी एकीकरणको

आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका