फिफा अध्यक्षको होडबाट फिगो र भान प्राग बाहिरिए  

८ जेष्ठ २०७२, शुक्रबार १०:४६ मा प्रकाशित

काठमाण्डौ जेठ ८ ।  विश्व फुटबल महासंघ (फिफा)को अध्यक्ष पदमा आकांक्षी देखिएका लुइस फिगो र माइकल भान प्रागले उम्मेदवारी फिर्ता लिएका छन् ।

योसँगै अब फिफा अध्यक्षको लागि हालका अध्यक्ष सेप ब्लाटर र जोर्डनका राजकुमार अली बिन अल हुसैन मात्रै चुनावी मैदानमा छन् । लगातार पाँचौंपटक अध्यक्ष पदमा दावेदारी दिएका ब्लाटरलाई यसपटक पनि मूख्य दावेदार मानिएकोछ ।
फिफाको चुनावी साधारणसभा यही मे २९ तारीखको दिन हुँदैछ । फिफाका सबै २ सय ९ सदस्य राष्ट्रले चुनावमा मत खसाल्न पाउनेछन् । यसअघि ६ जनाले उम्मेदवारी दिएपनि पोर्चुगलका फुटबल हस्ती फिगो र नेदरल्यान्ड्सका फुटबल संघका अध्यक्ष भान प्रागले विहीबार उम्मेदवारी फिर्ता लिएका हुन् ।
उम्म्ेदवारी फिर्ता लिनेक्रममा भान प्रागले जोर्डनका राजकमुकार अलीलाई समर्थन गर्ने बताएका छन् भने फिगोले पनि फिफा नेतृत्वमा आफूले परिवर्तन चाहेको बताएका छन् ।
जोर्डनका राजकुमार अलीलाई बेलायती फुटबल संघले पनि सहयोग गर्ने आशय व्यक्त गरेको छ ।
यसअघि फ्रान्सका जेरोमी स्याम्पेन र डेभिड जिनोलाले पनि फिफा अध्यक्षको लागि उम्म्ेदवारी घोषणा गरेर फिर्ता लिएका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा एभर्टनले साउथह्याम्पटनलाई १–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति लिभरपुल, आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । शिर्ष क्लबहरु चेल्सी र

म्याड्रिड । स्पेनिस लिग फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सेभियालाई २–० ले हराएको छ । सेभियाको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न हिजो शनिबार त्यसतर्फ उड्नुभएको छ