कर्मचारी अभावमा नगरपालिकाको काम प्रभावित

८ जेष्ठ २०७२, शुक्रबार १०:४३ मा प्रकाशित

काठमाण्डौ जेठ ८ । भक्तपुरका पाँचवटा नगरपालिकामा ५४ वटा दरबन्दी खाली हुँदा नगरपालिकाको अधिकांश काम प्रभावित भएको छ ।
गाविसरहित जिल्ला भक्तपुरमा रहेका नगरपालिकामा ९२ वटा वडा कार्यालयमा जम्मा ३८ जना कर्मचारी रहेकाले नगरपालिकाहरूको काम प्रभावित हुन थालेको स्थानीय विकास अधिकारी पशुपतिबाबु पुरीले जानकारी दिनुभयो ।
भूकम्पले ल्याएको विपत्तिको बेलामा पनि एउटा वडा सचिव ४ देखि ५ वटासम्म वडाको काम गर्नुपर्दा नगरपालिका र वडाका कामहरू प्रभावित हुन थालेको हो ।
एकजना वडा सचिवले पाँचवटा वडासम्मको क्षतिको विवरण, सर्ज्विन मुचुल्का बनाउने, राहत वितरण गर्नेृ, वडाको नियमित काम एवम् सिफारिस गर्ने, बैठक, छलफल एवं प्रतिवेदन तयार पार्ने, अनुगमन निरीक्षण गर्नेजस्ता काम गर्नुपर्ने हुँदा समस्या आएको नगरपालिकाका कार्यकारी अधिकृतहरूले बताएका छन् ।

विशेषगरी नयाँ नगरपालिकाहरूमा थप समस्या आएको बताउँदै स्थानीय विकास अधिकारी पुरीले एउटा नगरपालिकामा एक कार्यकारी अधिकृत, एक लेखा अधिकृत, पाँच वटा वडा कार्यालयलाई एकजना सचिव र एक कार्यालय सहयोगीको भरमा नगरपालिका चलाउनुपर्ने बाध्यता रहेको बताउनुभयो ।
भक्तपुरमा मध्यपुरथिमि नगरपालिकामा १२, चाँगुनारायण नगरपालिकामा १२, अनन्तलिङ्गेश्वर नगरपालिकामा ११, नगरकोट नगरपालिकामा नौ र सूर्य्विनायक नगरपालिकामा १० जनाको दरबन्दी रिक्त छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका