ओमानमा अवैधानिक रुपमा रहेकालाई स्वदेश फिर्ताको मौका

८ जेष्ठ २०७२, शुक्रबार १०:४२ मा प्रकाशित

काठमाण्डौ जेठ ८ । वैैदेशिक रोजगारीको शिलशिलामा ओमानमा अबैैैधानिक रुपमा बसोबास गर्दै आएका करिब २० हजार नेपालीहरुस्वदेश फर्किन पाउने भएका छन् ।
अवैधरुपमा बस्दै आएका नागरिकलाई स्वदेश फिर्तीको लागि ओमान सरकारले अवसर प्रदान गरेपछि उनी स्वदेश फर्किन पाउने भएका हुन् ।
ओमान सरकारका अनुसार आउट पास वाएम्नेष्टी अर्थात ग्रेस परियड अवधि मे ३ देखि तीन महिनाको लागि छुट दिइएको हो । अवैध रुपमा रहेका नागरिकले ३१ जुलाई सम्म स्वदेश फर्किन पाउनेछन् ।
ओमानमालगभग १५ देखि २० हजारको हाराहारीमा नेपालीहरु पनि रहेको अनुमान गरिएको छ । सरकारी आँकडामा भने १३ हजारको आसपासमा अवैध नेपाली रहेको जनाइएको छ ।
आउटपासमा पुलिस काण्ड परेकाबाहेक भिषाको अवधि सकिएका, लेबर कार्डको मिति सकिएका, स्पोन्सरबाट भागेर अन्यत्र काम गरिरहेकाहरुले आफ्नो सरकारी नियोग वा दुतावासमा सम्पर्क गरेर स्वदेश फिर्ता हुन सक्नेछन् ।
नेपाली दुतावास ओमानका श्रम सहचारी भवनाथ खतिवडाका अनुसार २० मे पहिलोपटक २६ महिला तथा ४ पुरुष गरी ३० जनालाई आउटपास मार्फत नेपाल फर्काइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय सभाकी सांसद कोमल वलीले विघटित नेकपा नेता रघुजी पन्त विरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेकी छन ।

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन्। यही फागुन १७–१९

काठमाडौं । स्वदेशी उत्पादनलाई बढावा दिँदै आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्ने लक्ष्यका साथ नेपाल उद्योग परिसङ्घले ‘मेक इन नेपाल स्वदेशी