भूकम्पपछिको प्राथमिकता तय गर्न चीनको सन्देश

८ जेष्ठ २०७२, शुक्रबार १०:३९ मा प्रकाशित

काठमाण्डौ जेठ ८ । बैशाख १२ गते गएको विनाशकारी महाभूकम्पले क्षतविक्षत बनाएका भौतिक संरचनाको पूर्ननिर्माणमा आवश्यक सबै सहयोग गर्न तयार रहेको उत्तरी छिमेकी चिनले जनाएको छ ।
चीनको विदेश मन्त्रालयका उपमन्त्री लिउ चनमिनले हिजो प्रधानमन्त्री सुशील कोइराला र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग भेट गरी सो सहयोग गर्ने जनाउनु भएको हो ।
चिनका राष्ट्रपति सी जिन पिङको मुख्य उद्धेँश्य भूकम्पबाट क्षतिग्रस्त नेपालको पुर्ननिर्माणमा सहयोग पुर्याउने रहेको भन्दै उपमन्त्री लिउले त्यसका लागी आवश्यक सहयोग र प्राथमिकता क्षेत्र तोक्न आग्रह गर्नु भएको छ।
चिनियाँ राष्ट्रपति सी जिन पिङले राष्ट्रिय एकता र सार्वभौमसत्तालाई सम्मान गर्दै नेपालले निर्धारण गरेका प्राथमिकता क्षेत्रमा सहयोग गर्ने सन्देश लिउमार्फत नेपाल सरकारलाई पठाउनु भएको थियो ।
प्रधानमन्त्री कोइरालासंगको भेटमा लिउले खोज, उद्धार, राहत, पुनर्निर्माण र पुनर्स्थापनामा नेपाललाई सहयोग गरिहेको भन्दै भूकम्पपछि चीनले प्राविधिक, चिकित्सा, अस्थायी बसोबास, प्रकोपपछिको राहत र पुनर्निर्माणका क्षेत्रमा करिब दुई अर्ब २९ करोड रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएको बताउनु भयो ।
जवाफमा प्रधानमन्त्री कोइरालाले आफूहरूले भूकम्पपछिको अवस्थाको मूल्यांकन गरिरहेको र मूल्यांकन पूरा भएपछि प्राथमिकताका क्षेत्र निर्धारण गरेर जानकारी गराउने बताउनु भएको थियो ।
चीनले गर्दै आएको सहयोगका लागि प्रधानमन्त्री कोइरालाले लीउलाई धन्यवाद दिनु भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना प्रमुख अतिरिक्त सचिव प्रमोद मिश्रालाई भूकम्पपछिको अवस्थामा नेपाललाई आवश्यक सहयोग अध्ययन गर्न पठाएलगत्तै चिनियाँ राष्ट्रपतिले लिउलाई काठमाडौं पठाउनु भएको हो ।
हिजो विहान काठमाण्डौ आउनु भएका लिउ आज स्वदेश फर्किदै हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी