हात्तीको आक्रमणबाट एकको मृत्यु

७ जेष्ठ २०७२, बिहीबार १०:१४ मा प्रकाशित

काठमाण्डौ जेठ ७ ।सुनसरीको हरिपुर गाविसमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हरिपुर गाविस– ५ बस्ने ६५ वर्षीय प्रेमबहादुर मगर रहेको सुनसरी प्रहरीले जनाएको छ ।
गए राति आरक्षबाट निस्केको हात्तीले आज बिहान ४ बजे मगरलाई हरिपुर–५ स्थित केराबारी नजिक आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक सञ्जयराज शर्माले जानकारी दिनुभयो ।
कोसी प्रभावित क्षेत्रमा करिब पाँच वर्षदेखि हात्ती आतङ्क जारी रहे पनि आरक्ष र सुनसरी प्रशासनले रोकथाम गर्नमा कुनै तदारुकता नदेखाएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह