चिनियाँ सहायक विदेशमन्त्री नेपाल आउँदै

७ जेष्ठ २०७२, बिहीबार १०:१२ मा प्रकाशित

काठमाण्डौ जेठ ७ । भूकम्पपछिको नेपालको अवस्था अवस्थाबारे बुझ्न चीनका परराष्ट्र सहायक मन्त्री लिउ जेनचाओ आज नेपाल आउँदै हुनुहुन्छ ।
११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी दुईदिने भ्रमणका लागि काठमाडौं आउन लाग्नु भएको हो ।
प्रतिनिधिमण्डलमा परराष्ट, वाणिज्य, राज्य प्रशासन तथा सांस्कृतिक सम्पदा, चीन भूकम्प प्रशासन तथा राष्ट्रिय जनसङ्ख्या एवम् परिवार नियोजन आयोगका अधिकारी रहने नेपालस्थित चिनिया दूतावासले जनाएको छ ।
सहायक मन्त्री लिउले प्रधानमन्त्री सुशील कोइराला र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।
चिनियाँ दुतावासका अनुसार वैशाख २९ गतेको भूकम्पपछि पनि चीनले घोषणा गरेको १४ करोड युआन बराबरको राहत सामग्री काठमाडौं ल्याउनेक्रम सुरु भएको छ । बुधबार विशेष विमानबाट ती सामग्री राजधानी ल्याइएको छ ।
त्यसैगरी चिनियाँ जनमुक्ति सेनाले प्रभावकारी एवम् सहज रुपमा उपचार सेवा उपलब्ध गराउन नेपाली सेनालाई २४ वटा घुम्ती अस्पताल उपकरणसहित प्रदान गरेको छ । ती उपकरण सञ्चालनमा नेपाली सेनालाई पोख्त बनाउन १७ सदस्यीय चिनियाँ टोलीले पाँचदिनसम्म प्रशिक्षण दिनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन