लस एन्जलसको नेपाली समुदाय भूकम्प पिडितहरुको साथमा, अतिप्रभावित ४ जिल्लाका एक हजार घर निर्माणमा सहयोग पुर्याउदै

७ जेष्ठ २०७२, बिहीबार ०४:१९ मा प्रकाशित

पुरुषोत्तम ढकाल, लस एन्जलस, ७ जेठ । प्रलयकारी भूकम्पमा परि घरबार बिहिन बनेका मातृभूमि नेपालका अति प्रभावित जिल्लाका पिडित परिवारजनको सहयोग अभियानमा जुटेको लस एन्जलसको नेपाली समुदायले झन्डै एक हजार घर निर्माणको लागि आवश्यक जस्ता पाता उपलब्ध गराउने भएको छ । नेपालमा प्रलयकारी भुकम्प गए लगत्तै मातृभूमिको बिपतमा जुर्मुराएको लस एन्जलसको नेपाली समुदायले यस अघि प्रलयकारी भूकम्पले अति प्रभावित काभ्रे, सिन्धुपाल्चोक, धादिङ्ग, लम्जुङ्ग, नुवाकोट र ओखलढुंगामा २ हजार एक सय २३ टेन्ट र त्यतिनै परिवारलाई तत्काल आवश्यक हुने दाल, चामल र तेल जस्ता खाद्य सामग्री सहितको राहत वितरण गरेको थियो ।

LA Earthquake Relief 2लस एन्जलसको नेपाली समुदाय केन्द्रित सामाजिक संघ संस्था र स्थानिय श्री पशुपतिनाथ फाउन्डेसनको संयोजनमा गठित दैवी प्रकोप राहत कोषको तर्फबाट संकलन गरिएको अमेरिकी डलर १ लाख ३४ हजार रुपियाबाट मातृभूमि नेपालमा गएको प्रलयकारी भूकम्प पिडित परिवारजनका लागि पहिलो चरणमा राहत र दोस्रो चरणमा जस्ता पाता वितरण गर्न लागिएको कोषका सदश्य सचिव राजेन्द्र सिवाकोटीले जानकारी दिएका छन् । सिवाकोटीका अनुसार कोषको तर्फबाट गोकुल पौडेल र तारा गुरुङले चिकित्षक, टेन्ट र खाद्य सामग्री सहित अति प्रभावित जिल्ला पुगेर पहिलो चरणको राहत वितरण गरेका थिए । सिवाकोटीले दिएको थप जानाकरी अनुसार प्रलयकारी भूकम्प पिडित परिवारजनका लागि सहयोग जुटाउने र राहत वितरण कार्य निरन्तर जारि रहने छ । सिवाकोटी भन्छन, स्थानिय संघ संस्था, दानबिर नेपाली र भारतीय मुलका अमेरिकन र अमेरिकन संघ संस्थाहरुले निरन्तर सहयोगको हात अघि बढाई रहेका छन् ।

LA Earthquake Reliefदोस्रो चरणमा प्रलयकारी भूकम्पमा परि घरबार बिहिन अति प्रभावित जिल्लाका पिडित परिवारजनको सहयोग अभियान अन्तर्गत लम्जुङ्ग, नुवाकोट, दोलखा र गोरखा जिल्लाको अति बिकट गाउँका झन्डै एक हजार घर निर्माणको लागि आवश्यक जस्ता पाता उपलब्ध गराउने भएको नेपालका तर्फबाट सानडियागो क्यालिफोर्नियाका वाणिज्यदुत ऋषि ढकालले जानकारी दिएका छन् । वाणिज्यदुत ढकालले दिएको जानकारी अनुसार दोस्रो चरणमा लस एन्जलसको नेपाली समुदायको तर्फबाट लम्जुङ्ग, नुवाकोट, दोलखा र गोरखा जिल्लाको अति बिकट गाउँमा जस्ता पाता वितरण गर्न हेमराज भट्ट, ज्ञानेन्द्र गुरुङ, रामबाबु पाण्डे र बिमल श्रेष्ठको नेतृत्वले काम सुरु गरेको छ । ढकालले भने, ‘नेपालको यो महाबिपतमा सहयोग पुर्याउने भारतीय अमेरिकनहरुको धार्मिक केन्द्र सत्य नारायण मन्दिर परिवार प्रति हामि कृतज्ञ छौ ।’

LA Earthquake Relief 3यो महा बिपतमा संयोजन गर्ने स्थानिय श्री पशुपतिनाथ फाउन्डेसनका अध्यक्ष भक्त थापाले भने, ‘मातृभूमि प्रलयकारी भूकम्पको पिडामा छ, यो बिपतमा हामीले सहयोग गर्न पाउनु हाम्रो अहोभाग्य हो ।’उनले जोड दिए, ‘यो बिपतमा मातृभूमिलाई हाम्रो साथ् समर्थन र सहयोग छ ।’यस अघि लस एन्जलसको नेपाली समुदायको तर्फबाट गैर आवाशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) अमेरिकाकि सदश्य सचिब संगीता सिवाकोटी ‘लम्साल’ले संघका निबर्तमान अध्यक्ष खगेन्द्र जिसी र नव निर्वाचित अध्यक्ष केशब पौडेल सहित विकट हिमाली जिल्ला रसुवाको सरमथली पुगेर भुकम्प पिडित परिवारजनलाई स्वास्थ्य सेवा, खाद्यान्न र टेन्ट वितरण गरेकी थिइन् । स्मरण रहोस एनआरएन अमेरिकाको सो समुहले विकट हिमाली जिल्ला रसुवाको सरमथलीका प्रलयकारी महा भूकम्पमा परि मर्नेहरुको जीवित सन्तानको १२ कक्षा सम्मको सम्पूर्ण शैक्षिक खर्च उपलब्ध गराउने घोषणा गरेको थियो । यसै गरि लस एन्जलसको नेपाली समुदायको तर्फबाट स्थानिय अगुवा विश्व सुबेदीले व्यक्तिगत पहलमा झन्डै ३० हजार अमेरिकी डलर बराबरको खाद्यान्न र टेन्ट भुकम्प पिडित परिवारलाई वितरण गरि सकेका छन् ।

LA Nepali Community Relief Nepal Earthquakeलस एन्जलसको नेपाली समुदाय केन्द्रित सामाजिक संघ संस्था र स्थानिय श्री पशुपतिनाथ फाउन्डेसनको संयोजनमा गठित दैवी प्रकोप राहत कोषका संयोजक वेदा जोशीको भनाइमा,’प्रलयकारी महाभूकम्पले मातृभूमि सखाप भएको दृश्यले नेपाल र नेपालीका सुभेच्छुक सबैको मन दुखेको छ र पिडित परिवारजनलाई राहत र सान्त्वनाको खाँचो छ, यस्तो बेलामा हामि डायेस्पोराका नेपालीको धर्म हो सहयोगको हात अघि बढाउनु । संयोजक जोशीले थपेरै भने, ‘देश दुख्दा हामीलाई पनि दुख्छ, हामि पनि नेपाल आमाका सन्तान हौँ, यो बिपतमा हामि तपाइहरुको साथमा छौ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक

काठमाडौं । अमेरिकी सिनेटले १९ खर्ब डलरको राहत प्याकेजसम्बन्धी विधेयक पारित गरेको छ । कोरोना महामारीका कारण समस्यामा परेकाहरुका लागि

काठमाडौं । आजदेखि देशभर ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिन शुरु गरिँदै छ । कोरोना विरुद्धको दोस्रो चरणको

काठमाडौँ । ललितपुरको पाटन दरबार क्षेत्रबाट हराएको लक्ष्मीनारायणको मूर्ति अमेरिका सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । एकतीस वर्षदेखि टेक्सस राज्यको