दलहरुले छिटो सहमति नखोजे आफै कदम चाल्ने राष्ट्रपतिको चेतावनी

३ असार २०६९, आईतवार ०९:३८ मा प्रकाशित

काठमाडौ, ३ असार । राष्ट्रपति डा रामबरण यादवले दलहरुलाई तत्काल सहमति नखोजे आफै सक्रिय भएर उपयूक्त कदम चाल्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री डा बाबुराम भट्टराई सहित विघठित संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलका शिर्ष नेताहरुलाई तत्काल सहमति गरेर मुलुकलाई निकास दिन निर्देशन दिदै उनले त्यस्तो चेतावनी दिएका हुन ।  संविधानसभाको विघटनपछिको दलहरुबीच बढेको दुरी कमगर्ने प्रयासस्वरुप राष्ट्रपति डा रामबरण यादबले आज आयोजना गरेको छलफल तथा चियापान कार्यक्रममा संबोधन गर्दै राष्ट्रपतिले सहमति गर्न ढिला हुँदा मुलुकमा संबैधानिक संकटहरु बढ्दै गएको भन्दै त्यसको समाधानकोलागी पनि तत्काल सहमतिको आवश्यकता रहेको औल्याए । उनले दलहरुको विकल्प मुलुकमा नभएको उल्लेख गरे पनि तत्काल सहमति गरेर मुलुकलाई संबैधानिक संकटबाट पार नलगाए संकट समाधानकोलागी आफै कदम चाल्ने संकेत सहितको चेतावनी पनि दिए ।
राष्ट्रपतिले दलहरुको दलगत स्वार्थका कारण संविधान बन्न नसकेको उल्लेख गर्दै संविधान निर्माणमा दलहरु गंभिर नभएको आरोप लगाए । संविधान बन्न नसक्नुको कारण र आधार दिदै सामूहिक रुपमै दलहरुले सहमतिको प्रयत्न गर्नु पर्ने उनको सुझाव थियो ।
राष्ट्रपतिसँगको छलफलपछि माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिले छिटो सहमति गरेर मुलुकलाई निकास दिन सुझाव दिएको उल्लेख गर्दै आफूले हिजै बाट सहमतिको प्रयास थालेको र केही दिनभित्रै सहमति बन्ने विश्वास ब्यक्त गरे ।
नेपाली काग्रेसका सभापति सुशिल कोइरालाले मुलुकमा संबैधानिक संकट आउने तर्फ सचेत बनाउँदै तत्काल सहमति गरेर मुलुकलाई निकास दिन सुझाव दिएको बताए । उनले दलहरुले सहमतिप्रति गंभिर नभए राष्ट्रपतिले आफै सक्रिय भएर मुलुकलाई निकास दिने विषयमा सचेत समेत गराएको जानकारी दिए ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रपतिले तत्काल सहमति नगरे आफै उपयूक्त कदम चाल्ने चेतावनी दिएको बताए ।
संविधानसभा विघटनपछि सरकारले संविधानसभाको नयाँ निर्वाचनको घोषणा गरेपछि सत्ताधारी र प्रतिपक्षीदलहरुबीच सामूहिक रुपमा छलफल हुन सकेको थिएन । राष्ट्रपतिभवन शीतल निवासमा भएको छलफल तथा चियापान कार्यक्रममा विघटित संबिधानसभाका प्रमुख तथा अन्य दलका शीर्ष नेताहरुको सहभागिता थिए । राष्ट्रपति यादवले सहमतिका लागि नैतिक रुपमा दबाव सिर्जना गर्न चियापान तथा भेटघाटको कार्यक्रम राखेका हुन ।  दलहरुकावीच संविधानसभा विघटन पछि जेठ–१४ गते यता सम्बन्ध चिसिएका कारण औपचारिक सम्वाद समेत हुन सकेको छैन । कामचलाउ सरकार विरुद्ध विपक्षी काङ्ग्रेस, एमाले सहितका दलहरु आन्दोलनमा उत्रिएपछि प्रधामन्त्री डा बाबुराम भट्टराई अफ्टेरोमा परेका छन् । राष्ट्रिय सहमतिको लागि मार्ग प्रशस्त नगरेकोभन्दै विपक्षी दलहरुले कामचलाउ सरकारका प्रधामन्त्री र मन्त्रीलाई कालो झण्डा देखाउने लगायत वहिष्कारका कार्यक्रम सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । बुधवार बसेको सत्तारुढ गठबन्धनको बैठकले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको