महाभूकम्प पीडितलाई सहयोग गर्दै नेपाली जनसम्पर्क समिति अमेरिका

६ जेष्ठ २०७२, बुधबार २१:३२ मा प्रकाशित

काठमाडौँ, ६ जेष्ठ । नेपाली जनसम्पर्क समिति अमेरिका तथा सिंगापुरमा मुख्यालय रहेको सामाजिक संस्था डिड्स फर निड्सको पहलमा मंगलवार काभ्रेको पनौतीका १ सय ७५ परिवारलाई राहत सामग्री प्रदान गरिएको छ ।

पनौती नगरपालिकासँग समन्वय गरी पीडितहरुलाई पाल, चामल, चिउरा, चिनी, तेल, लगायतका अत्यावश्यक सामग्रीहरु उपलब्ध गराइएको नेपाली जनसम्पर्क समितिका अध्यक्ष आनन्द विष्टले जानकारी दिनुभयो । उपाध्यक्ष धर्मराज श्रेष्ठ, सदस्य हरिबोल भण्डारी, डिड्स फर निड्सका नेपाल प्रमुख क्यापटेन तेन्जिङ लामा, समाजसेवी कृष्णहरि भण्डारी, लगायतले पीडितहरुलाई राहत सामग्री प्रदान गर्नु भएको हो ।

महाभुकम्प पीडितहरुको घाउमा मलम लगाउन आफुहरु सात समुद्रपारिबाट नेपाल आएको बताउँदै विष्टले देशका विभिन्न ठाउँमा पुगेर राहत वितरण कार्यक्रममा सहयोग पुर्याउने प्रतिबद्धता जनाउनुभयो ।

यसैबीच जनसम्पर्क समितिको टोली छिट्टै पीडितहरुलाई राहत दिन गोर्खा जाने तयारीमा रहेको नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय सदस्य हरिबोल भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भियना ।नेपाली साहित्यकार समूहले बिश्वभरका नेपालीभाषी साहित्यकारहरूलाई जोडेर रचना वाचन तथा सरस्वति सम्मान कार्यक्रम सम्पन्न ग-यो। जुम प्रविधिको प्रयोग गरेर

पोर्चुगल । शम्भु सिलवाल छ वर्षयता पोर्चुगलमा हुनुहुन्छ । नेपालमा झ्याइँकुटी झ्याई टेलिशृङ्खलामा घिन्ताङे पात्रसँगै दोहोरी साँझ, भजन, लोकदोहोरी क्षेत्रमा

लन्डन । कोरोना सङ्क्रमणबाट अस्पताल भर्ना भएका एक नेपालीको उपचारकै क्रममा मस्तिष्काघातबाट मृत्यु भएको छ । ताप्लेजुङ जिल्ला सिकैँचामा स्थायी

कोरियामा काम गर्दै बचेको समयमा साहित्य सिर्जनामा रमाउने कवि सुष्मा रानाहँमाको नयाँ कविता कृति आमाको तासफोटो र दीपा मेवाहाङ राईको