नौ तले भवन भत्किदा चीनमा कैयौँ पुरिएको आशङ्का

६ जेष्ठ २०७२, बुधबार २१:२९ मा प्रकाशित

गुइयाङ्ग, चीन, ६ जेष्ठ । दक्षिण–पश्चिमी चीनको गुइचोउ प्रान्तको प्रान्तीय राजधानी गुइयाङ्गमा रहेको एक नौ तले भवन भत्किएको छ।
सो भवनमा कैयौं नागरिक पुरिएको वा च्यापिएको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। तर के कतिजना त्यहाँ परेका छन् भन्नेबारेमा भने केही पत्ता लाग्न सकेको छैन।
उद्धारकर्ताहरुले सो भवनको भग्नावशेषमा तीन व्यक्ति फसेर रहेका बताएका छन्। तर प्रहरीले सो भवनमा अरु पनि व्यक्ति च्यापिएको हुनसक्ने आशङ्का गरेको छ।
बुधबार बिहान भएको उक्त दुर्घटनाको उद्धार जारी छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

यांगुन । म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ ।

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी तथा भ्रष्टाचार विरोधी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई अज्ञात ठाउँमा लगिएको छ । उनलाई

एजेन्सी । टर्कीको एक अदालतले दुई जना पाइलट र एक निजी विमान सञ्चालकलाई जेल चलान गरेको छ । सन् २०१९