दुर्घटनामा परी कतारमा चार नेपालीसहित ६ जनाको मृत्यु

६ जेष्ठ २०७२, बुधबार २१:२६ मा प्रकाशित

कतार, ६ जेष्ठ । सवारी तथा अन्य दुर्घटनामा परी कतारमा चारजना नेपालीसहित ६ जनाको मृत्यु भएको छ ।

मजदुरहरु बोकेको मिनिबस आज बिहान ट्रकसँग ठोक्किँदा भएको दुर्घटनामा २ नेपालीसहित ४ जनाको ज्यान गएको हो भने अर्को एक दुर्घटनमा परी अन्य २ जना नेपालीको पनि मृत्यु भएको छ ।

ज्यान गुमाउने नेपालीहरुमा ४५ वर्षीय रामप्रसाद राजवंशी र अर्का २२ वर्षीय गिरिराज खनाल रहेका छन् ।

ज्यान गुमाउने चारैजना दोहास्थित एक निर्माण कम्पनीका मजदुर थिए । घटनामा घाइते भएका नेपाली र अन्य देशका नागरिकको अवस्था खुल्न सकेको छैन ।

त्यसैगरी अर्को एक दुर्घटनामा परी दुई जना नेपालीको ज्यान गएको छ । सो दुर्घटनामा भक्त कामी र सानी चमारको ज्यान गएको बताइएपनि उनीहरुको ठेगाना खुल्न नसकेको त्यहाका अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन

बैतडी । नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न