नेपाललाई सहयोग गर्न अमेरिका इच्छुक

६ जेष्ठ २०७२, बुधबार १४:१४ मा प्रकाशित

काठमाडौं , ६ जेष्ठ ।  अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालको पुर्नुउत्थानका लागि अमेरिकाले आवश्यक सबै सहयोग उपलब्ध गराउने बताएका छन् ।
संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीले पेश गरेको ओहोदाको प्रमाणपत्र बुझदै ओबामाले नेपालको विपतमा अमेरिकाको साथ रहने बताएका हुन् । ओबामाले भूकम्पले सिर्जना गरेको चुनौती तथा पुर्नस्थापनाका लागि दीर्घकालिन प्रतिवद्धता र कठिन परिश्रमको आवश्यकता समेत औल्याउनु भएको छ ।
नेपालले दिगो आर्थिक विकास र उन्नतिको बाधक दशक लामो आन्तरिक द्वन्द्वसमाधान गरी संविधानसभाको चुनावमार्फत प्रजातान्त्रिक प्रक्रियालाई संस्थागत गर्दै खुला अर्थतन्त्र अबलम्बन गरी आर्थिक अभिवृद्धिका लागि छिमेकी मुलुकहरुसँग ब्यापार सम्झौता तथा दक्षिण एसियाबीच सन्नीकटताका लागि योगदान पुर्याउन सफल भएको भन्दै उनले प्रशंशा ब्यक्त गर्नु भएको थियो ।
राजदूत कार्कीले भूकम्पपछि पुनर्निर्माणका लागि काठमाडौमा हुन लागेको अन्तर्रा्ष्ट्रिय दाता सम्मेलनबारे ओबामालाई जानकारी गराएको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । विगत् १० महिनादेखि श्रीलंका कारागारमा रहेका २६ नेपाली महिला तत्काल छुट्ने सम्भावना नरहेको श्रीलंकास्थित नेपाली दूतावासले जनाएको छ

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर भएपछिको परिस्थितिबारे नेकपाको दाहाल-नेपाल समूहले जनता समाजवादी पार्टी (जसपा) नेपालसँग छलफल शुरु गरेको छ ।

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक