भूकम्पमा ज्यान गुमाएका प्रहरीको परिवारलाई ३ लाख राहत

६ जेष्ठ २०७२, बुधबार १०:२२ मा प्रकाशित

काठमाण्डौ जेठ ६ । विनाशकारी भूकम्पमा परी मृत्यु भएका प्रहरीका परिवारलाई नेपाल प्रहरीले ३ लाख नगद राहत दिने भएको छ । प्रहरी प्रधान कार्यालयले भूकम्पमा मानवीय तथा भौतिक क्षति पुगेका पीडित वहालवाला तथा सेवानिवृत्त प्रहरी कर्मचारीलाई दिने राहतको प्याकेज घोषणा गरेको छ । भूकम्पमा ज्यान गुमाएका प्रहरीको आश्रति परिवारलाई नेपाल प्रहरी कल्याण कोषबाट नगद ३ लाख रुपैयाँ राहत प्रदान गरिने प्रवक्ता प्रहरी नायब महानिरीक्षक कमल सिंह बमले जानकारी दिनु भयो । वहालवाला प्रहरी कर्मचारीका परिवार (श्रीमान्, श्रीमती, बाबु, आमा, छोरा, छोरी) को मृत्यु भएकोमा काजक्रिया खर्चबापत २५ हजार र सेवानिबृत्त प्रहरी कर्मचारीको मृत्यु भएकोमा आश्रित परिवारलाई नगद १ लाख रुपैयाँ राहत सहयोग दिइने बताइएको छ। भूकम्पबाट घर ध्वस्त भएका प्रहरी कर्मचारीलाई १५ हजार दिइने भएको छ भने २ वर्ष्भित्र किस्तावन्दीमा तलवबाट रकम कट्टा गरी बुझाउने गरी १ लाख रुपैयाँसम्म निब्र्याजी तलव सापटी दिने प्रहरीले बताएको छ । आंशिक रुपमा घर क्षति भएकालाई २ बर्ष्भित्रमा तलवबाट कट्टा गरी बुझाउने ५० हजारसम्मको निर्ब्याजी तलव सापटी दिने पनि प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम आज बस्ने भनिएको ओली समूहको संसदीय दलको बैठकमा नजाने भएका

काठमाडौं । वर्तमान राजनीतिको किंग मेकर मानिएको नेपाली कांग्रेसले अझै प्रष्ट धारणा सार्वजनिक गरेको छैन । हिजो संसदीय दलको बैठकपछि

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले नेपाल प्रेस युनियन डोटी शाखाले स्थापना गरेको ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि आर्थिक सहयोग

कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ