विश्वकप छनौट प्रतियोगिताको तयारी गर्न नेपाली क्रिकेट टोली भारत जाने   

५ जेष्ठ २०७२, मंगलवार १०:३० मा प्रकाशित

 काठमाण्डौ जेठ ५ । विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट छनौट प्रतियोगिताको तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टोली भारत जाने भएको छ ।

अर्को वर्ष भारतमा आयोजना हुने विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेटको लागि एशोशिएट राष्ट्रहरुको छनौट प्रतियोगिता यही जुलाई ९ तारीखदेखि आयरल्याण्ड र स्कटल्याण्डमा हुनेछ ।

यसैको तयारी स्वरुप नेपालले भारतमा अभ्यासको साथै केही मैत्रिपुर्ण खेल खेल्नेछ ।

नेपाल क्रिकेट संघ क्यानको सोमबार बसेको कार्यसम्पादन समितिको वैठकले टोलीलाई भारत पठाउने निर्णय गरेको हो ।

साथै क्यानले नेपाली टोलीलाई बेलायत र नेदरल्याण्ड्समा समेत केही अभ्यास खेलको व्यवस्था मिलाउदैछ ।

विश्वकप छनौटको तयारीकै लागि क्यानले विशेषज्ञ व्याटीङ प्रशिक्षक र विदेशी फिजियो ल्याउने भएको छ ।

ट्वेन्टी ट्वेन्टी विश्वकप छनौट लगत्तै नेपालले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्नेछ ।

स्कटल्याण्ड विरुद्ध दुईवटा एकदिवसिय खेलको तयारीमा रहेको नेपालले त्यसपछि भूकम्प पीडितको सहयोगार्थ मलेसियामा एउटा च्यारीटी म्याच खेल्नेछ ।

उक्त म्याचमा नेपाली राष्ट्रिय टोलीले विश्व एघारसँग मैत्रीपुर्ण खेल खेल्नेछ । उक्त खेलबाट उठेको रकम नेपालको क्रिकेट पुर्वाधारमा लगानी गरिने बताइएको छ ।

– See more at: http://imagekhabar.com/samachar/detail/48043/31/.meroml#sthash.YPq0O8Gy.dpuf

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा एभर्टनले साउथह्याम्पटनलाई १–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति लिभरपुल, आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । शिर्ष क्लबहरु चेल्सी र

म्याड्रिड । स्पेनिस लिग फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सेभियालाई २–० ले हराएको छ । सेभियाको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न हिजो शनिबार त्यसतर्फ उड्नुभएको छ