सुन कारोबार ठप्प

५ जेष्ठ २०७२, मंगलवार १०:२७ मा प्रकाशित

काठमाण्डौ जेठ ५ । वैशाख १२ गते गएको महाभूकम्पयता वाणिज्य बैंकले सुन आयात गरेका छैनन्। भूकम्पको पराकम्पनका कारण सबै क्षेत्रमा त्रास, उपभोक्ता र व्यवसायीले पनि चासो नदिएकाले बैंकहरूले आयात नगरेको राष्ट्र बैंकले जनाएको छ। बैंकहरूसँग साढे ३ सय किलो सुन स्टकमै रहेकाले नयाँ आयात नगरिएको उनले जानकारी दिए।
वैशाख महिनालाई सुन कारोबारको सिजनको रूपमा लिइन्छ। यसबेला गहनाको कारोबार धेरै हुन्छ । तर भूकम्पका कारण व्यापार ठप्प भएको व्यवसायीहरू बताउँछन्। व्यवसायीका अनुसार गत वर्ष वैशाख महिनामा दैनिक ४० किलो सुन खपत भएको थियो। तर अहिले व्यापार शून्य नै छ।
महासंघका अनुसार करिब १० प्रतिशत मात्रै गहना पसल सञ्चालन भएका छन्। सञ्चालन भएको पसलमा पनि कारोबार हुन सकेको छैन।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने