
काठमाण्डौ जेठ ५ । अर्थमन्त्री डा.रामशरण महत र नेपालस्थित विभिन्न मुलुकका राजदूतहरुबीच नेपाल सहायता सम्मेलनबारे अर्थमन्त्रालयमा बेग्लाबेग्लै छलफल भएको छ ।
अर्थमन्त्री डा.महतसँग नेपालका लागि अमेरिकी राजदूत पीटर डब्ल्यु बोडे, जर्मनीका राजदूत म्याथ्यु मेयर तथा चीनका राजदूत उ चुन्ताईले भेटघाट गरी नेपाल सहायता सम्मेलनबारे छलफल गर्नुभएको छ ।
भारतीय राजदूत रञ्जित रेले भने सम्मेलनका विषयमा यसअघि नै छलफल गर्नुभएको थियो ।
भेटघाटका क्रममा अर्थमन्त्री महतले नेपालको वार्षिक बजेट पेश हुने समय निकट आइरहेको र पुनर्निर्माणको कामका लागि स्रोतको व्यवस्था गर्न सहायता सम्मेलन छिट्टै गर्न लागिएको जानकारी गराउनुभएको थियो ।
उक्त सम्मेलनमा मित्रराष्ट्रहरुबाट उच्चस्तरीय सहभागिता अपेक्षा गरिएको स्पष्ट पार्दै उनले यो विपद्को अवस्थामा बढी सहयोगको अपेक्षा गरिएको जानकारी गराउनुभयो ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।
काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा
काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री
ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी हुँदा ३५ भन्दा बढी घर जलेका छन् । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ तथा