माओवादी बैद्य समूहको भेलामा बन्द सत्र सुरु

३ असार २०६९, आईतवार ०९:२१ मा प्रकाशित


काठमाडौ, ३ असार । आफू पक्षका नेता तथा कार्यकर्ताहरुको भेला बोलाएको एकीकृत माओवादीको असन्तुष्ट वैद्य समूहले आजबाट बन्दसत्रका कार्यक्रम सुरु गरेको छ । माओवादी वरिष्ठ उपाध्यक्ष मोहन वैद्य समूहको राष्ट्रिय कार्यकर्ता भेला हिजोदेखि काठमाडौंको बौद्वमा सुरु भएको थियो । भेलाको आजदेखि सुरु हुने बन्दसत्रमा बिभिन्न प्रतिवेदनहरु पेस गर्ने कार्यक्रम सुरु भएको पोलिटब्यूरो सदस्य हरिभक्त कंडेलले जानकारी दिनुभयो । बन्दसत्रमा महासचिव रामबहादुर थापाले साङ्गठनिक प्रतिवेदन पेस गर्नु भएको छ भने उपाध्यक्ष वैद्यले राजनीतिक, सचिव सीपी गजुरेलले समसामयिक र स्थायी समिति सदस्य देव गुरुङले बिभिन्न विभागहरुको बारेमा प्रतिवेदन पेस गर्ने कार्यक्रम छ । प्रस्तुत गरिएका प्रतिवेदनको बारेमा सामूहिक रुपमा छलफल हुने पोलिटब्यूरो सदस्य कंडेलले बताउनुभयो । भेलामा २५ सय नेता तथा कार्यकर्ताको सहभागिता रहेको दावी वैद्य समूहले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौँ । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता

काठमाडौं । चौधौं महाधिवेशनको निकट आइपुगेको दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्न लागेको छ। आज बिहान ९ बजे