नेपालको कुटनैतिक असफलता, मित्र राष्ट्र बेलायतले रुष्ट हुँदै उद्धारका लागि पठाएको चिनुक फिर्ता बोलायो

५ जेष्ठ २०७२, मंगलवार ०१:२७ मा प्रकाशित

चिरन शर्मा, लण्डन, ५ जेठ । महाविनाशकारी भूकम्प गएको एक सातापछि उद्धार र राहतका लागि भन्दै नेपाल आउन लागेका बेलायती हेलिकोप्टरहरू एक साता भारतको चण्डीगढ बसेर फर्केका छन् । चिनुक नामक तीन-तीनवटा हेलिकोप्टरहरू एक साता भारत बस्दा पनि नेपाल प्रवेश गर्ने अनुमति नपाएपछि फर्केका हुन् । लामो प्रतीक्षा र उच्च अधिकारीको पटक–पटकको फोनवार्तापछि पनि नेपाल आउने अनुमति नपाएपछि बेलायती प्रधानमन्त्री डेविट क्यामरुनले प्रधानमन्त्री सुशील कोइरालालाई गत बिहीबार टोलिफोन गरेका थिए । तर प्रधानमन्त्री कोइरालाले उद्धार र रातहको चरण सकिएकाले ती हेलिकोप्टरको जरुरत नभएको भन्दै पुनर्निर्माणका चरणमा सहयोग गर्न आग्रह गरेका थिए । सुरुमा बेलायतबाट आएका तीन चिनुक नामका हेलिकोप्टरहरूको आवाज ठूलो हुने भएकाले घरहरू थप भत्कने भन्दै अनुमति दिइएको थिएन । तर सन् १९८४ मा कर्णाली क्षेत्रमा खाद्यान्न संकट पर्दा तिनै हेलिकोप्टरहरूले खाद्यान्न ओसारेको नजिर नेपालस्थित बेलायती दूतावासले पेस गरेको थियो । उद्धार तथा राहतका लागि आएका बेलायती हेलिकोप्टरहरूलाई नेपाल प्रवेशको अनुमति नदिइनुको कारणबारे अनेकथरी अड्कलबाजी गरिएका छन् । छिमेकी मित्रराष्ट्र चीनसँग सीमा जोडिएका प्रभावित क्षेत्रहरू संवेदनशील भएका कारण चीनकै आग्रहमा उक्त हेलिकोप्टरहरू नेपाल आउन नदिइएको एकथरीको अनुमान छ । नेपाली सेनाका कर्णेल कुमार लामा द्वन्द्वकालको सामान्य अभियागमा बेलायतीमा नजरबन्दमा राखेर मुद्दा चलाइएको छ । कुमार लामा प्रकरणलाई नेपालले बेलायती हस्तक्षेपका रूपमा लिएको छ । नेपाली सेनाले ठूलै आपत्ति जनाउँदै आएको छ । त्यसैले नेपाली सेनाकै कारण उक्त हेलिकोप्टरहरू आउन नसकेको अनुमान पनि गरिएको छ । बेलायत नेपालको सबैभन्दा पुरानो दौत्य सम्बन्ध भएको मुलुक हो । छिमेकी मुलुक भारतले ६ घन्टाभित्र र अर्को छिमेकी मुलुक चीनले १४ घन्टाभित्र उद्धार तथा राहत टोली पठाएको थियो । यतिमात्रै होइन, सात समुद्र पारि (बेलायतभन्दा धेरै टाढा) का ३२ बटा मुलुकहरूले समेत ४८ घन्टाभित्र राहत तथा उद्धार टोलीहरू पठाइसकेका थिए । तर सबैभन्दा पुरानो दौत्य सम्बन्ध भएको बेलायतले डेढ सातापछि मात्रै राहत तथा उद्धार टोली पठाएका कारण नेपालको चित्त दुःखेको कुरा भने निश्चित हो । यति ठूलो संकटमा समेत बेलैमा साथ नदिने देशसँग दौत्य सम्बन्ध कायम रहनु वा बिग्रनुमा केही फरक नपर्ने बताउनेहरू पनि धेरै छन् । तर मुलुकको सार्वभौमसत्तालाई सबैभन्दा पहिलो मान्यता दिने राष्ट्र बेलायतको चित्त यसरी दुःखाउनु हुन्नथ्यो भन्ने विश्लेषण धेरैको छ । बेलायत नेपालको भरपर्दो दातृराष्ट्रसमेत हो । तर इतिहासको कालखण्डमा बेलायती साम्राज्य बचाउन नेपालका एक लाखभन्दा बढी युवाहरूले विभिन्न लडाइँमा जीवन बलिदान गरेका छन् । त्यसको तुलनामा बेलायतको हेपाहा प्रवृत्तिको अनुभव नेपालले पटक–पटक गरेको छ । सात महिनाअघि बेलायती राजदूत एन्ड्री स्पार्कले नयाँ संविधानमा धर्मपरिवर्तनको अधिकार समावेश गर्न भन्दै सभासद्हरूलाई पत्राचार गरेका थिए । उनको यो पत्रपछि सर्वत्र आलोचना सुरु भयो । त्यसपछि बेलायतले ती राजदूतलाई फिर्ता बोलायो, तर नयाँ राजदूत अझै नियुक्ति नभएकाले श्रीलंकाबाट स्वदेश फर्कन लागेका व्यक्तिलाई नै कार्यबाहक राजदूत पठाइएको छ । ६ महिनाभित्र नयाँ राजदूत पठाउने गरी उनलाई कार्यबाहक दिइएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

गोरखा । गोरखाको लाप्राकमा निर्माण गरिएको नमूना वस्ती आगामी वैशामा हस्तान्तरण हुने भएको छ । गैरआवासीय नेपाली संघको अगुवाइमा निर्माण

कोरोना महामारीका कारण अहिले धेरैजसो चिजबस्तुहरुको खरिद विक्री अनलाईनबाटै हुन थालेको छ । थुप्रै ब्यापारिक अनलाईन साइटहरु पनि सञ्चालनमा आएका

भिएना । सन् २००९ मा स्कट ल्याण्ड पुगेर फोटोग्राफीलाई आफ्नो पेशा बनाएका सन्तोष भट्ट अहिले जर्मन शहर फ्रान्क फर्टको स्थानीय

गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद