बलात्कारपछि ४२ वर्षसम्म कोमामा रहेकी भारतीय नर्स अरुणा शानबागको निधन

५ जेष्ठ २०७२, मंगलवार ००:५६ मा प्रकाशित

एजेन्सी, ४ जेठ । बलात्कारपछि ४२ वर्षसम्म कोमामा रहेकी ६० वर्षीया भारतीय नर्स अरुणा शानबागको सोमबार मृत्यु भएको छ । मुम्बर्इको किङ एडवर्ड मेमोरियल अस्पतालमा ४२ वर्षदेखि कोमा रहेकी ६० वर्षीया नर्स अरुणा शानबागको निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतीय सञचारमाध्यमका अनुसार शानबाग निमोनियाबाट बिरामी परेपछि उनको उपचार भइरहेको थियो । उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि तीनदिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। नोभेम्बर २७, १९७३ मा उनलाई किंग एडवार्ड मेमोरिअल अस्पताल सोहनलाल बार्था वाल्मिकी भन्ने‘स्वीपर’ले अस्पतालको भुँइतल्लामा कपडा फेर्दै गरेको अवस्थामा बलात्कार गरेका थिए । कुकुर बाँध्ने शिक्रीले मुख बाँधेर क्रुर शैलीमा अप्रातिक ‘गुदा मैथुन’गरेका थिए । मुख थुनिएर अक्सिजन उनको दिमागमा पुग्न बाट रोकिन गइ उनको शरीरका धेरै अंगहरु दिर्घकालिन आघात पुगेको थियो । शरीर चलाउन नसक्ने स्थितिकी पिडित त्यसपछि कोमामा गएकी थिइन् । सोहनलाललाई अदालतले डकैती र ज्यान मार्ने उद्योगको आरोपमा ७-७ बर्ष गरि १४ बर्ष जेल सजाय दिएको थियो । सोहनलाललाइ बलात्कार र अप्रकातिक यौनको लागी मुद्दा चलाइएन । समाचार माध्यमका अनुसार पिडितलाई सामाजिक बाहिस्कार हुने डर र उनको हुन लागेको बिबाह बिग्रने चिन्ताका कारण अस्पतालका डीनले बलात्कारको मुद्धा दायर गर्न मानेन । यसअघि शानबागको जीवनबारे किताब लेख्ने लेखिका पिङ्की विरानीले भारतको उच्च अदालतमा शानबागको इच्छा मृत्युको माग गरेकी थिइन्। यद्यपी अदालतले उनको माग खारेज गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन