असार मसान्तसम्मका लागि नयाँ भवन निर्माणमा रोक, दुई तलाभन्दा अग्लो घर बनाउन नपाइने

४ जेष्ठ २०७२, सोमबार २३:१४ मा प्रकाशित

काठमाडौँ, ४ जेठ । दुई पटक गएको विनाशकारी भूकम्पले देशका अधिकांश स्थानमा हजारौं भौतिक संरचना ध्वस्त पारेपछि सरकारले असार मसान्तसम्मका लागि देशभर नयाँ भवन निर्माणमा प्रतिबन्ध लगाएको छ ।

सोमबार स्थानीय विकास मन्त्रायलयले देशभरका नगरपालिका र जिल्ला विकास समितिहरुलाई परिपत्र गर्दै असार मसान्तसम्मका लागि नयाँ भवन निर्माणमा रोक लगाउन निर्देशन जारी गरेको हो ।

भूकम्पले देशका विभिन्न स्थानमा भौतिक संरचना क्षतिग्रस्त भएपछि भवननिर्माण संहिता तथा भवन निर्माण निर्देशिका संशोधन गरिएपछिमात्रै नयाँ भवन बनाउन दिन भनेको हो ।

उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहको उपस्थितिमा भएको निर्णयमा भूकम्पअघि नक्सा पास भई बनिरहेका भवन पनि असार मसान्तसम्मका लागि दुई तलाभन्दा अग्ला बनाउन नदिने निर्णय गरेको छ ।

मन्त्रालयले असार मसान्तसम्मका लागि नक्सा पास नगर्ने निर्णय गर्दै जग्गा प्लटिङ र संयुक्त आवास निर्माणमा समेत रोक लगाएको छ । जग्ग प्लटिङ गरी संयुक्ता आवास बनाउँदा अब अनिवार्यरुपमा निश्चित खुल्ला जग्गा छोड्नुपर्ने मन्त्रलायले सोमबार निर्णय गरेको छ ।

‘मापदण्डविपरित नक्सा पास गर्ने, भवनको निर्माण अनुमति दिने तथा त्यस्ता कार्यमा संलग्न कर्मचारीहरुमाथि कारबाही थालिने छ’, मन्त्रालयको निर्णयमा भनिएको छ, ‘नियमविपरित घरको डिजाइनमा संलग्न इन्जिनियरहरुमाथिसमेत छानविन गरी इन्जिनियरिङ एसोसियसनमार्फ कारबाही अघि बढाइने छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगमा सरिता तिवारीको अध्यक्षतामा दर्ता भएको नेकपा एमालेले बैठक बोलाएको छ । सर्वोच्च अदालतले नेकपालाई पार्टी एकीकरणको

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नामसम्बन्धी विवादबारे रिट निवेदक ऋषिराम कट्टेलको पक्षमा फैसला सुनाएपछि नेकपा विघटन भएको छ

भिएना । ‘चुज टु च्यालेन्ज’ भन्ने नारा सहित यस वर्ष पनि मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाइदै छ। एनआरएन

काठमाडौ । प्रतिनिधिसभाको बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जबर्जस्ती पेश गरिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बैठक कक्षमा नाराबाजी गरेको छ