आर्सनल र म्यान्चेस्टर युनाईटेड एक–एक गोलको बराबरीमा

४ जेष्ठ २०७२, सोमबार १०:५५ मा प्रकाशित

काठमाण्डौ जेठ ४ । इङ्गलिश प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राती भएको खेलमा आर्सनल र म्यान्चेस्टर युनाईटेडले एक एक गोलको बराबरी खेलेका छन् ।
म्यान्चेस्टर युनाईटेडको मैदान ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा घरेलु टोलीका एन्डर हरेराले पहिलो गोल गरे ।
तर ८२ औं मिनेटमा म्यान्चेस्टर युनाईटेडका टाईलर ब्ल्याकेटले आत्माघाती गोल गरेपछि आर्सनलले एक एक गोलको बराबरी गर्ने अवसर पायो ।
लिगमा तेस्रो र चौथो स्थानमा सुरक्षित यी दुई टोलीहरुविचको यो बराबरीले अंक तालिकामा भने खासै फरक पारेन ।
लिग अन्तर्गत गएराती भएको अर्को खेलमा म्यान्चेस्टर सिटीले स्वान्सी सिटीलाई ४-२ ले हरायो ।
खेलमा म्यान सिटीका लागि याया टुरेले दुई गोल गरेभने जेम्स मिल्नर र विल्फ्रेड बोनीले एक एक गोल गरे । इङ्गलिश प्रिमियर लिगमा च्याम्पियन चेल्सीले आज वेष्ट ब्रोमसँग खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँदिल्ली । इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारतले सानदार जित निकालेको छ । अहमदाबादमा टेस्टको दोस्रो दिन हिजो भारतले इंग्ल्यान्डलाई १० विकेटले

लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र रियाल मड्रिड विजयी भएका छन् । राउण्ड अफ सिक्सटिन पहिलो

म्यूनिख । च्याम्पियन लिगको साविक विजेता वायर्न म्यूनिखले सानदार जीत हासिल गरेको छ । आज बिहान सम्पन्न च्याम्पियन लिग अन्तिम

रोम । क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनले युभेन्टस विजयी हुँदा क्रोटोनी स्तब्ध बन्न पुगेको छ । इटालियन सिरिए अन्तर्गत आज बिहान