दाइजो नल्याएकोमा यातना

४ जेष्ठ २०७२, सोमबार १०:५२ मा प्रकाशित

काठमाण्डौ जेठ ४ । विवाह भएको दुई महिना बित्न नपाउँदै दाइजो नल्याएको आरोपमा १८ वर्षीया रुकैया अञ्जुमलाई उनकै श्रीमान्ले शारीरिक तथा मानसिक यातना दिएका छन्।
विराटनगरको कोसी अञ्चल अस्पतालमा उपचार गराइरहेकी रुकैया अञ्जुमका अनुसार विवाहमा भनेजस्तो मोटरसाइकल नपाएपछि उनका श्रीमान् सोनापूर–२ सुनसरीका सद्दाम हुसेनले शारीरिक र मानसिक यातना दिँदै माइतमा ल्याएर छोडी दिएको बताइन्।
उनका श्रीमान्ले शारीरिक र मानसिक यातना दिएपछि रुकैयाले विष सेवन गरी आत्महत्याको प्रयास गरेकी थिइन् । गत चैत १२ गते रुकैयाको विवाह सम्पन्न भएको थियो ।
दाइजोविरुद्ध अभियान चलाउँदै आएको मुस्लिम काउन्सिल नेपालका क्षेत्रीय उपाध्यक्ष अबिद हुसेन दाइजो नलिने भन्ने बेहुलाले भनेजस्तो बाइक नभएपछि रिसाएको हुनसक्ने बताए । उनले दाइजोविरुद्ध अभियान चाल्दै आएको मुस्लिम काउन्सिल पनि विभाजित भएको बताए । सद्दामलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव