भूकम्प पीडितलाई काँग्रेसको सहयोग

४ जेष्ठ २०७२, सोमबार १०:४९ मा प्रकाशित

काठमाण्डौ जेठ ४ । भूकम्प पीडितहरूको सहयोगार्थ स्थापना गरिएको नेपाली कांग्रेस भूकम्प पीडित सहयोग कोषमा आज पार्टीको तर्फबाट ७५ लाख रुपैया जम्मा गरेको छ ।
पार्टीको तर्फबाट राखिएको यो रकमसंगै कांग्रेसले राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार शाखामा खोलेको खाता नंं. ११३०००३७६३०१ मा हिजो सम्म जम्मा ९० लाख पाँच हजार ९३१ सङ्कलन भएको छ ।
कोषमा यसअघि विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट १५ लाख पाँच हजार ९३१ जम्मा गरेका थिए ।

गएको वैशाख १२ गतेदेखि लगातार गएको विनाशकारी भूकम्पका कारण पीडितहरूलाई राहत कार्यका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले काँग्रेसले वैशाख १९ गतेको केन्द्रीय कार्य समितिको निर्णयअनुसार खाता खोलेको हो ।

कांग्रेसले खातामा उद्धारतापूर्वक सहयोग गर्ने महानुभाव तथा सङ्घसंस्थालाई धन्यवाद दिँदै आर्थिक सहयोग जुटाउन पार्टीका कार्यकर्ता, समर्थक, शुभेच्छुक, विभिन्न पेशा एवं व्यवसायसँग सम्वद्ध व्यक्ति एवम् सङ्घसंस्थालगायत सबैसँग अनुरोध पनि गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाइदै छ

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी