दोलखामा माओवादीको स्वास्थ्य शिविर

४ जेष्ठ २०७२, सोमबार १०:४६ मा प्रकाशित

काठमाण्डौ जेठ ४ ।वैशाख २९ को दोस्रो ठूलो भूकम्पबाट अत्याधिक प्रभावित दोलखाको सिंगटीमा नेत्रबिक्रम चन्द माओवादीले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नेकपा माओवादी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले दोलखाको सिंगटीमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो । गत बैशाख २९ गते आएको भूकम्पको केन्द्रविन्दु सिंगटीमा शुक्रबारदेखि स्वास्थ्य शिविर सुरु गरिएको हो ।

जिल्ला जनस्वास्थ्यसँग समन्वय गरी उनीहरुले जिल्लाकै सबैभन्दा बढि जोखिममा रहेको सिंगटीका भूकम्पपीडितहरुलाई सेवा दिएका छन् । उद्दारको लागि त्यहाँ खटिएको नेपाली सेना, शसस्त्र प्रहरी र जनपथ प्रहरीले पनि उक्त शिविरमा स्वास्थ्य परीक्षण गरिरहेका छन् ।

अर्थोपेडिक सर्जन जापानी नागरिक डा. इसिदासहित नेपाली स्वास्थ्यकर्मीहरु उपचारमा संलग्न छन् । महासंघका अध्यक्ष डम्बर रावलका अनुसार भूकम्पपीडितलाई प्राथमिक उपचारका साथै विशेषज्ञ सेवा दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न