अन्तर्राट्रिय वैज्ञानिकद्धारा नेपालकेन्द्रित अनुसन्धान सुरु

४ जेष्ठ २०७२, सोमबार १०:४४ मा प्रकाशित

काठमाण्डौ जेठ ४ । शक्तिशाली भूकम्प पराकम्पन लगातार जान थालेपछि अन्तराट्रिय वैज्ञानिक तथा संघ–संस्थाहरूले नेपालकेन्द्रित अनुसन्धान सुरु गरेका छन् । उनीहरूले भूकम्पपछिको अवस्था पत्ता लगाउन प्रभावित क्षेत्र र त्यसका आसपास दर्जनौं भूकम्प मापनसम्बन्धी अस्थायी केन्द्र स्थापना गरिरहेका छन् ।
खानी तथा भूगर्भ विभाग स्रोतका अनुसार अमेरिकी, फ्रान्सेली, चिनियाँ, बेलायती, जापानीलगायत संघ–संस्था र तिनका अनुसन्धानकर्ता नेपालका विभिन्न भूभागमा भूकम्प मापनका अस्थायी केन्द्र स्थापना गर्न खटिरहेको जनाईएको छ ।
वैशाख १२ पछि विदेशी वैज्ञानिक र अनुसन्धानकर्ता नेपालकेन्द्रित रहेका विभाग स्रोतले बताएको छ । स्रोतका अनुसार कतिपय विदेशी वैज्ञानिक आफैं आएर काम गरिरहेका छन् भने केहीले विभाग र राष्ट्रिय भूकम्प मापन केन्द्रसँग समन्वय गरिरहेका छन् ।
वैशाख १२ पछि अस्थायी केन्द्र स्थापना र तथ्यांक संकलनमा खटिरहेका केन्द्रका भूकम्पविद मुकुन्द भट्टराईका अनुसार केन्द्रले पनि यसबीच फूल्चोकी र टेकुमा एक्सिलोमिटर जडान गरेको छ । यीबाहेक पुराना ६ एक्सिलोमिटर केन्द्रको अवस्था र त्यहाँ संकलित तथ्यांक पनि अपलोड गरेको छ ।
भट्टराईका अनुसार एकपटकको भूकम्पको असर ठाउँअनुसार कति फरक हुन्छ भन्ने कुरा यो केन्द्रबाट थाहा हुन्छ । कस्ता भवनलाई कति म्याग्निच्युडको भूकम्पले कति असर पार्दो रहेछ भन्ने कुरा यी केन्द्रबाट थाहा हुन्छ । दुई वटा अस्थायीसहित यस्ता स्टेसनको संख्या आठ वटा पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औ वर्षगाँठको उपलक्ष्यमा प्रकाशित स्मारिका “कर्म” को नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजेर पेरिसस्थित नेपाली

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ