कांग्रेस महाधिवेशन नसर्ने, क्रियाशिल सदस्यता छानविन सुरु

३ जेष्ठ २०७२, आईतवार ११:११ मा प्रकाशित

काठमाडौं, ३ जेठ । मुलुकको सबै भन्दा पुरानो प्रजातान्त्रिक पार्टी सत्तारुढ दल नेपाली काँग्रेसले पार्टीको महाधिवेशन निर्धारित समयमै गर्ने तयारी सुरु गरेको छ । विधानअनुसार आउँदो भदौ मसान्तसम्म कांग्रेसको महाधिवेशन गरिसक्नुपर्छ । शनिवारको पदाधिकारी बैठकले महाधिवेशनसम्बन्धि सबै तयारी अघि बढाउने निर्णय समेत गरेको छ ।

काग्रेस नेत्री सुजाता कोइरालाले दिएको जानकारी अनुसार शनिवारको पदाधिकारी बैठकले तोकिएकै समयमा महाधिवशेन गर्नेगरी तयारी अघि बढाउने र यसका लागि क्रियाशिल सदस्यताको छिटो टुंगो लगाउने निर्णय भएको छ ।

शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा क्रियाशिल सदस्यता छानविन समितिले अहिलेसम्मको अवस्थाबारे जानकारी गराएको थियो । २१ वटा बाहेक अन्य जिल्लाको सदस्यता छानविन सकिएको छ । २१ वटा जिल्लाकोको पनि आउदो असार १५ सम्म छानविन गरी अन्तिम टुंगो लगाईसक्ने बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गोरखा । गोरखाको लाप्राकमा निर्माण गरिएको नमूना वस्ती आगामी वैशामा हस्तान्तरण हुने भएको छ । गैरआवासीय नेपाली संघको अगुवाइमा निर्माण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । पार्टीको नयाँ निर्णयबारे जानकारी गराउन र

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

कोरोना महामारीका कारण अहिले धेरैजसो चिजबस्तुहरुको खरिद विक्री अनलाईनबाटै हुन थालेको छ । थुप्रै ब्यापारिक अनलाईन साइटहरु पनि सञ्चालनमा आएका