बिहानै भूकम्पका पाँच पराकम्पन

२ जेष्ठ २०७२, शनिबार १२:०९ मा प्रकाशित

काठमाडौँ, २ जेठ । आज बिहान विभिन्न समयमा भूकम्पका पाँच पराकम्पन गएका छन् । नुवाकोट, धादिङ, दोलखा र गोरखा केन्द्रबिन्दु बनाएर चार रिक्टरमाथिका पाँच पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बिहान ६ बजेर ३१ मिनेट जाँदा धादिङ र गोरखाको सिमाना क्षेत्र केन्द्र बिन्दु भएर ४.० रिक्टर स्केलको भूकम्प गएको छ । यस्तै बिहान ६ बजेर ११ मिनेट जाँदा नुवाकोट केन्द्रबिन्दु भएर ४.०, ४ बजेर ३८ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएर ४.१, सोही केन्द्रबिन्दु भएर ४ बजेर २८ मिनेट जाँदा ४.१ र २ बजेर १५ मिनेट जाँदा गोरखा केन्द्रबिन्दु भई ४.० रिक्टर स्केलका पराकम्पन गएका केन्द्रले जनाएको छ ।

स–साना पराकम्पन जाने क्रम जारी रहेको र यसबाट नअतालिन भूकम्पविद्हरुले सर्वसाधारणलाई आग्रह गरेका छन् ।सामाजिक सञ्जाल, विभिन्न अनलाइन मिडियाहरुमा आइररहेका विभिन्न अड्कलबाजी र हल्लाका पछि नलाग्न पनि उनीहरुले सुझाएका छन् ।

अघिल्ला दिनका तुलनामा पराकम्पन पनि कम हुँदै गएपछि उपत्यकामा चहलपहल बढेको छ भने पसलहरु क्रमशः खुल्न थालेका छन् । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

काठमाडौं । विगत् १० महिनादेखि श्रीलंका कारागारमा रहेका २६ नेपाली महिला तत्काल छुट्ने सम्भावना नरहेको श्रीलंकास्थित नेपाली दूतावासले जनाएको छ

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना