काँग्रेस एमाले संघियता विरोधी भएको प्रधानमन्त्रीको आरोप

२ असार २०६९, शनिबार १७:३१ मा प्रकाशित

बाजुरा, २ असार । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टाराईले काँग्रेस र एमालेका कारण संविधान निर्माण हुन नसकेको बतानुभएको छ । माओवादीले पहिचान सहितको संघियता र संघियता सहितको संविधान निर्माण गर्न खाजेपनि काँग्रेस एमालेका कारण संविधान बन्न नसकेको उहाँले दाबी गर्नुभयो । जेठ १८ गते रातीको हावाहुरी र बाढी पहिरोमा परी ज्यान गुमाएका र विस्थापित बनेका बाधु–९ पीपलडालीका पीडित परिवारलाई राहत दिन बाजुराको बाँधु पुग्नुभएका प्रधानमन्त्री डा. भट्टाराईले काँग्रेस र एमाले संघियता विरोधी भएको आरोप लगाउनुभयो । हेलिकप्टरमा विहान ११ः२५ बजे बाजुराको बाँधु पुग्नुभएका प्रधानमन्त्री डा. भट्टाराईले एकिकृत माओवादी बाहेकका पार्टीले नेपाल र नेपाली जनताको हित गर्न नसक्ने बतानुभएको छ। नेपाली सर्वहारा वर्गको उन्नती, प्रगति र विकासका लागि अन्य दलका कारण सोचे जस्तो काम गर्न नपाएको भन्दै प्रधानमन्त्री डा. भट्टाराईले दुखेसो गनुभयो । उहाँले हावाहुरी र बाढी पहिरोका कारण क्षतिग्रस्त बनेको बाधु–९ पीपलडाली र कोल्टी बजारको पुनः स्थापनाका लागि तत्काल केन्द्र स्तरबाटै पहल गरिने आश्वासन समेत दिनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १०

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्याकारी निर्देशकमा कुलमान घिसिङलाई फेरि ल्याउने तयारी गरेको छ । पछिल्लो समय विद्युत आपुर्तिमा

काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई

काठमाडौँ । पछिल्लो समय राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गर्न आउने बिरामी बढेका छन् । दुई महिनाअघि यस अस्पतालको बहिरङ्ग सेवामा