दुर्घटनाग्रस्त अमेरिकी हेलिकोप्टर बारे अनुसन्धान शुरु, इन्धन अभावले दुर्घटना

१ जेष्ठ २०७२, शुक्रबार २१:४३ मा प्रकाशित

काठमाण्डौ, १ जेठ । बैशाख १२ गते गएको भूकम्पपछि लगत्तै उद्धारका लागी दोलखातिर लागेको अमेरिकी सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेपछि त्यसको प्रारम्भिक अनुसन्धान शुरु भएको छ ।

हेलिकप्टर हराएको चार दिन पछि शुक्रबार दिउसोँ सिन्धुपाल्चोकको सीमानामा पर्ने घोर्थलीको सिन्दूरे डाँडामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

तत्कालका लागी नेपाली सेना र अमेरिकी सेनाको टोलीले सुरक्षा दिइरहेको घटनास्थल क्षेत्रमा स्थलगत रुपमा प्रारम्भिक अनुसन्धान शुरु भएको हो ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार हालसम्म तीनजनाको शव जलेको अवस्थामा भेटिएको छ भने अन्यका बारेमा अन्योल कायमै छ । हेलिकोप्टरमा नेपाली सेनाका २ र अमेरिकी सेनाका ६ गरी ८ जना सैनिक थिए ।

अहिले मौसमको अवस्थामा पनि फेरबदल भइरहेकोले विस्तृत अध्ययन केही समय पछि मात्र हुने नेपाली सेनाको भनाई छ । शुक्रबार हेलिकप्टर दुर्घटनामा परेको पुष्टि गरेपछि सेनाले निकालेको विज्ञप्तीमा यस्तो जनाइएको हो । त्यसका साथै अमेरिकी सेनाले पनि अनुसन्धान गर्ने बताएको छ ।

तत्कालको प्रारम्भिक अनुसन्धानमा इन्धनको समस्याको कारण हेलिकप्टर दुर्घटनामा परेको हनुसक्ने अनुमान गरिएको छ ।

कालिन्चोकका एक स्थानीयको सूचनाका आधारमा गएको नेपाली सेनाको हेलिकोप्टरले दुर्घटनाग्रस्त अमेरिकी हेलिकोप्टर शुक्रबार फेला पारेको थियो ।

कालिन्चोक डाँडाको उत्तरपूर्वी दिशातर्फ झण्डै ११ हजार २०० फिटको उचाइमा दुर्घटनाग्रस्त अवस्थामा हेलिकोप्टर भेटिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

हराइरहेको अमेरिकी हेलिकोप्टरको खोजीका लागि नेपालका साथै अमेरिकी ओस्प्रो विमान समेत प्रयोग गरिएको थियो । साथै ४०० पैदली फौज र नेपाली सेना, भारत र अमेरिकाका हवाइ साधनलाई समेत प्रयोग गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रवार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई