ब्यक्तिगत प्रयासमा २१ बालबालिको जीवन सिगार्दै ट्रेकिङ कुक कामे

२ असार २०६९, शनिबार १६:०३ मा प्रकाशित

‘जहाँ ईच्छा त्यहाँ उपाय’ त्यसै नेपाली समाजमा चलेको भनाई रहेनछ । मान्छेले अन्र्तमनले चाहयो भने जे पनि गर्न सक्दो रहेछ भन्ने उदाहरण बनेका छन्, ट्रेकिङ कुक कामे मगर ।
लामो समयदेखि ट्रेकिङ कुकको रुपमा पर्यटकहरुलाई कठिन र चुनौतिपूर्ण सुन्दरताको प्रत्यक्ष अनुभव गराउँदै जीवन गुजारा गर्दै आएका मगरको सानै देखिको आफ्नो पारिवारको आर्थिक विपन्नताले गर्दा पढन नपाएको पीडा अहिले आएर विपन्न बालबालिकाहरु मार्फत पुरा गर्दैछन् ।
ट्रेकिङ कुकबाट आएको सानो रकम मध्येको केही रकमबाट बाबु आमा नभएर दुख पाएका र पढन नसकेका बालबलिकालाई पढाउन सुरु गरेर उनले आफूले विपन्नताको कारण पढन नपाएको पिडा पोख्दैछन् यतिवेला काठमाडौ नारायणटारको नयाँ बस्तीमा बसेर ।
प्रारम्भमा केही मात्र बालबालिकालाई पढ्ने ब्यवस्था गर्दै आएका मगरले अहिले भने औपचारिक रुपकै सोलु बालकल्याण अनाथालय संस्था खोलेर  सामूहिक रुपमै त्यस्तो काम गर्न थालेका छन् ।
उनको संस्थामा अहिले ९ बालिका र १३ बालक आश्रय लिएर खाने , बस्ने र पढ्ने काम गर्छन । झण्डै आठ वर्ष देखि अनौपचारिक रुपमा सेवा गर्दै आएका मगरको आश्रमलाई अहिलेसम्म कसैले पनि सहयोग गरेको छैन । उनी आफ्नो ट्रेकिङबाट आएको रकम मध्ये केही, पर्यटकहरुसँग ट्रेकिङको क्रममा लिएको सहयोग र आफन्तबाट आउने नियमित सहयोगबाट आश्रम सन्चालन गरिरहेका छन् ।
उनले आश्रममा राखेका बालबालिकाहरु अहिले कक्षा १० सम्मको पढाई गरिरहेका छन् । अब भने उनलाई ब्यक्तिगत प्रयासबाट आश्रम सन्चालन गर्न गाह्रो पर्न थालेको महसुस हुन थालेको छ ।
त्यसैकारण आफूले यात्रा गराएका फेन्च पर्यटकबाट सहयोग जुटाउने प्रयासमा छन् । यसकालागी उनी फ्रान्स जाँदैछन् । उनी भन्छन–मैले घुमाएका पर्यटकहरुले सहयोग गरौला भनेर फ्रान्स बोलाएका छन् । एक महिना फ्रान्स बसेर आश्रमकोलागी सहयोग जुटाएर अझै धेरै बालबालिकाको जीवन बनाउने योजनामा छु ।
उनले नयाँ  बस्तीमै रहेको मेरिल्याण्ड स्कुलमा सबै बालबालिकालाई पढाउने गर्छन । पठपाठन देखि बसाई , खुवाईकोलागी उनले मासिकरुपमा ७० हजार रुपैया खर्च गरिरहेका छन् । उनी आफ्ना बालबालिका पढेर देशकै शक्तिशाली ब्यक्ति भएको हेर्न चाहन्छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर

कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड