‘फुटबल स्टार रोनाल्डोले भूकम्प पीडितलाई ५ मिलियन पाउण्ड दिएको खबर गलत’

३१ बैशाख २०७२, बिहीबार २३:४० मा प्रकाशित

काठमाडौँ, ३१ वैशाख । फुटबल स्टार क्रिस्टीएनो रोनाल्डोले नेपालका भूकम्प पीडितका लागि दिएको ५ मिलियन पाउण्डको समाचार गलत भएको सेभ द चिल्ड्रेनले जनाएको छ । सेभ द चिल्ड्रेनको हवाला दिदैं बेलायतबाट प्रकाशित हुने संचार माध्यमहरुले प्राथामिकताका साथ समाचार प्रकाशित गरेका छन्, ‘क्रिस्टीएनो रोनाल्डोले सेभ द चिल्ड्रेनको नेपालमा आपतकालिन उद्धारका लागि अनुदान दिए भन्ने प्रकाशित समाचारहरु गलत हो ।’ यस अघि बेलायतबाट प्रकाशित हुने संचार माध्यमहरुले फ्रान्सको समाचार संस्था  ‘द फुट’लाई हवाला दिदैं फुटबल स्टार क्रिस्टीएनो रोनाल्डोले ५ मिलियन पाउण्ड नेपालका भूकम्प पिडितलाई सहयोग गरेको समाचार प्रकाशित गरेको थियो । त्यस लगत्तै यो समाचार नेपाली संचार माध्यममा पनि प्राथमिकताका साथ प्रकाशित भएका थिए । उक्त समाचारमा भनिएको थियो, ‘पोर्चुगलका ३० वर्षिय फुटबल खेलाडीले आफ्ना १०० मिलियन फेसबुक फलोवरलाई पनि सहयोगका लागि अपिल गरेका छन् ।’ सेभ द चिल्ड्रेनले जारी गरेको बिज्ञप्तिमा भनेको छ, ‘फुटबल स्टार रोनाल्डोले नेपालको भूकम्प लगायत अन्य कारणले बालबालिकाको भोग्नु परेको समस्याका बारेमा विश्वभर चेतना ल्याउन सहयोग गरेका छन् ।’ फुटबल स्टार रोनाल्डो सेभ द चिल्ड्रेनका विश्व सद्भावना दुत हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर भएपछिको परिस्थितिबारे नेकपाको दाहाल-नेपाल समूहले जनता समाजवादी पार्टी (जसपा) नेपालसँग छलफल शुरु गरेको छ ।

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र रियाल मड्रिड विजयी भएका छन् । राउण्ड अफ सिक्सटिन पहिलो

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रचण्ड नेपाल नेकपाको संसदीय दलको अनौपचारिक बैठक बसेको छ । सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा