प्रधानमन्त्री कोइराला भूकम्प प्रभावित जिल्ला दोलखा र रामेछापमा

३१ बैशाख २०७२, बिहीबार २३:२८ मा प्रकाशित

काठमाडौँ, ३१ वैशाख । प्रधानमन्त्री सुशील कोइराला र उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम दोलखा र रामेछापको यही वैशाख १२, १३ र २९ गतेको भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न जानुभएको छ ।

नेपाली सेनाको हेलिकोप्टरबाट अहिले दुई जिल्लाको अवलोकन गर्न जानुभएको र सम्भव भएसम्म त्यहाँको बढी प्रभावित स्थानको अवलोकन गर्ने र राहतका लागि आवश्यक निर्देशन दिने कार्यक्रम रहेको प्रधानमन्त्री कोइरालाका प्रेस सल्लाहकार प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कोइराला र गृहमन्त्री गौतम पहिले दोलखा गएर भूकम्प प्रभावित क्षेत्रको अवलोकन गरेपछि रामेछापमा जाने र त्यहाँको वास्तविक समस्याका बारेमा जानकारी लिने र आवश्यक निर्देशन दिने कार्यक्रम रहेको समेत उहाँले जानकारी दिनुभयो

प्रधानमन्त्री कोइराला यसअघि पनि भूकम्प गएको स्थान गोरखाको बारपाक, धादिङ, नुवाकोटलगायतका भूकम्प प्रभावित जिल्लाको अनुगमन र निरीक्षण गर्नुभएको थियो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री