मङ्गलबारको भूकम्पमा अहिलेसम्म ९१ को ज्यान गयो, २,४२८ घाइते

३१ बैशाख २०७२, बिहीबार ०९:२६ मा प्रकाशित

काठमाडौँ, ३१ वैशाख । मङ्गलबार गएको शक्तिशाली भूकम्पपछि हालसम्म ९१ जनाले मृत्यु बरण गरेका छन् भने दुई हजार ४२८ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार मङ्गलबार गएको शक्तिशाली भूकम्पपछि मुलुकभर मृत्यु हुनेको सङ्ख्या ९१ पुगेको छ । मृतकहरु मध्य १८ नेपाल प्रहरी ६ नेपाली सेनाको उद्धार टोलीले फेला पारेको थियो । मृतकहरु मध्य दोलखा ३७, सिन्धुपाल्चोकमा १२, रामेछाप ५, रौतहट, सुनसरी, महोत्तरी र गोरखामा २ जनाका दरले फेला परेको छ ।

भूकम्पपछि घाइतेमध्ये काठमाडौँमा १, ५४९ रहेका छन् भने सिन्धुपाल्चोक, रामेछाप र दोलखाका ठुलो संख्याको घाइतेलाई हेलिकप्टर मार्फत काठमाडौँ ल्याई विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

साथै, भूकम्पप्रभावित क्षेत्रमा उद्धारका लागि दोलखा गएको अमेरिकी सेनाको हेलिकप्टर मङ्गलबार अपराह्नदेखि सम्पर्कविहीन भएकोमा बिहिबार बिहान सम्म पनि कुनै सम्पर्क नभएको गृहले जानाकरी दिएको छ तर अर्थ मन्त्री रामशरण महतले अमेरिकी सेनाको हेलिकप्टरको फेला परेको अपुष्ट खबर सामजिक संजाल ट्वीट मार्फत सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रतिनिधिसभाको बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जबर्जस्ती पेश गरिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बैठक कक्षमा नाराबाजी गरेको छ

काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन