पार्टीका शिर्ष नेता असफल भएकोले अब नयाँ नेतृत्वको आवश्यकता भएको बैद्यको भनाई

२ असार २०६९, शनिबार १६:०० मा प्रकाशित

काठमाडौ, २ असार । एकीकृत नेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरणले पार्टीका शिर्ष नेता असफल भईसकेकोले अब नयाँ नेतृत्वको आवश्यकता रहेको बताएका छन् ।
बौद्धमा आयोजिन बैद्य विचार समूहको राष्ट्रिय कार्यकर्ता भेलाको उद्घाटन गर्दै बैद्यले अध्यक्ष प्रचण्ड काग्रेस र एमालेसँगै सति गएकोले अब नयाँ पार्टी गठनको सुरुवात भएको घोषणा गरे ।
उनले भने– शिर्ष नेताहरु असफल भईसके अब उनीहरुले मुलुकको राजनीति सन्चालन गर्न सक्दैनन । उनीहरु स्वार्थमा अल्मलिए ।
उनले निर्वाचन मा पराजित भएकाले जनता र संविधानसभा निर्वाचनको भाग्यको फैसला गर्नु दुर्भाग्यपूर्ण रहेको भन्दै शिर्ष नेताहरु जनता र सभासद विपरित गएकोले मुलुकको दुर्भाग्य भएको बताए ।
उनले १२ बुँदे समझदारीसँगै जनमुक्ती सेनालाई लैजाने पुर्नेमा जनमुक्ती सेनालाई विर्सजन गरेर माओवादी नेतृत्व संसदीय कित्तामा पुगेको भन्दै जनमुक्ती सेना र जनयूद्धलाई विर्सजन गराएर १० वर्षे जनआन्दोलनलाई सम्झौतामा टुङग्याएको र अहिले पनि सो क्रम जारी रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिराका कारण ६ परिवार विस्थापित भएका छन् । छिपछिपेमा पाँच र महभिरमा

काठमाडौँ । निर्वाचन आयोगले नेपाल सरकारबाट तोकिएको आउँदो मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न