सिकागोका बाला घिमिरे कम्युनिटी सर्भिस अवार्डबाट सम्मानित, भूकम्प पिडितलाई २० हजार डलर राशिको सहयोग उपलब्ध गराउने घोषणा

३१ बैशाख २०७२, बिहीबार ०४:१६ मा प्रकाशित

सिकागो । सिकागोमा बसेर समुदाय केन्द्रित सामाजिक कार्यमा क्रियाशील रहँदै आएका अगुवा समाजसेवी बाला घिमिरे एशियन अमेरिकन एडभाइजरी काउन्शिलको ‘कम्युनिटी सर्भिस अवार्ड’बाट सम्मानित भएका छन् । हिंजो मंगलबार एशियन अमेरिकन काउन्शिलले सिकागो इलियन्समा आयोजना गरेको हेरिटेज मन्थ रिशेसप्सन कार्यक्रममा अगुवा नेपाल अमेरिकन घिमिरे सहित यस क्षेत्रको समुदायको हितमा क्रियाशील व्यक्तिहरु एशियन अमेरिकन एडभाइजरी काउन्शिलको ‘कम्युनिटी सर्भिस अवार्ड’बाट सम्मानित भएका हुन ।

Asian American Council program group Photo एशियन अमेरिकन काउन्शिलले सिकागोको इलियन्समा आयोजना गरेको हेरिटेज मन्थ रिशेसप्सन कार्यक्रममा जेस्सी व्हाइटस, सेक्रेटरी,इलियन्स स्टेट र काउन्शिलका सचिब मार्टिन थाकरले दुई साता अघि र हिंजो मंगलबार नेपालमा गएको प्रलयकारी महाभूकम्पमा परि ज्यान गुमाउनेहरु प्रति स्रद्धा सुमन अपर्ण गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । थाकरले नेपाल यति बेला प्राकृतिक महाविपत्तिमा परेको हुँदा सहयोगको हात अघि बढाउन सहभागी सबैलाई आग्रह गरेका थिए ।

Asian American Council programमहाभूकम्पमा परि ज्यान गुमाउनेहरुको सम्झनामा मौनधारण गरि सुरु भएको कार्यक्रममा एशियाका १३ राष्ट्रका अगुवाहरु सहभागी रहेका थिए ।कार्यक्रममा ‘कम्युनिटी सर्भिस अवार्ड’बाट सम्मानित अगुवा समाजसेवी बाला घिमिरेले मातृभूमि नेपाल प्रलयकारी महाभूकम्पको चपेटमा परेको हुँदा सम्पूर्ण नेपाली अमेरिकनलाई सहयोगको हात अघि बढाउन आग्रह गर्दै आफ्नो व्यक्तिगत र संकलित २० हजार डलर बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्यूयोर्क । रुसी विपक्षी नेता अलेक्सी नाभाल्नी विष प्रकरणमा अमेरिकाले रुसका शीर्ष अधिकारीमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले रुसका शीर्ष

न्यूयोर्क । कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोपलाई अमेरिकाले स्वीकृति प्रदान गरेको छ । अमेरिकी नियामक निकाय एफडीएले खोपलाई सर्वासाधारणको

लस-एन्जलस । दक्षिण क्यालिफोर्नियालाई कर्मथलो बनाएर अमेरिकामा रहेको नेपाली समुदायको हितमा निरन्तर क्रियाशील अगुवा नेपाली अमेरिकन ज्ञानेन्द्र गुरुंगले गैर आवाशीय

डेन्भर । संयुक्तराज्य अमेरिकाको डेन्भरबाट हवाईतर्फ उडेको युनाइटेड एयरलाइन्सको विमानको एउटा इन्जिनमा उड्नासाथ आगो लागेपनि पाइलटहरुले सकुशल अवतरण गराएका छन्