
भर्जिनिया । नेपालमा दोस्रो ठुलो भुकम्पले थुप्रैको ज्यान लिनुको साथै लाखौंँ लाई सडकमा पुर्याएकै दिन आज अन्तरराष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी मेट्रो च्याप्टरका तर्फ बाट करिब दश लाख रुपैयाँँ नेपाल का भुकम्प पीडित को राहतका लागि पठाइएको छ । अध्यक्ष रामप्रसाद खनालका अनुसार यो राहत रकम शेश घले अध्यक्ष रहनुभएको NRN, बि.बि.सी नेपाली सेवाका प्रमुख समेत रहेका प्रखर समाजसेबी रबीन्द्र मिश्र सँलग्न अन्तरराष्ट्रिय स्तरको Help Nepal Network र आफुहरुकै संस्था अन्तरराष्ट्रिय नेपाली समाज केन्द्रिय समिती मार्फत राहतका लागि नेपाल पठाइएको छ ।
खनालका अनुसार आजै उक्त राहत रकम वेल्स्फार्गो बैँक को वायर ट्रान्सफर सेवा मार्फत पठाइसकिएको छ ( प्रेसित प्रमाण तल सँलग्न छ ) भने केही रकम सँकललन गरी पठाइने क्रममा छ । अनेसास वाशिङटन डिसी मेट्रो च्याप्टर का उपाध्यक्ष एबम राहत कोस ब्यबस्थापन समितिका सँयोजक भुपनारायण घर्तिमगरले उक्त दश लाख रकम कार्यसमितिका साथी हरु, अन्य साथीहरुबाट सँकलन गरिएको र डोनेशन दिने सबैलाई हामी हृदय देखिनै धन्यवाद दिन्छौं भन्नुभयो । डोनेशन दिने महानुभाबहरुको नामावली रकम विवरण तल प्रस्तुत छ :
2000025149274 मा जम्मा गरिदिन सबैमा आग्रह गरिएको छ भन्दै अध्यक्ष खनालले कार्य समितिका सबै, यसै गरी बाहिरबाट पनि सहयोग गर्ने सहयोगी हातहरु र यो सँयोजन गर्ने उपाध्यक्ष भुपनारायण घर्तिमगर लाई बिशेष, उपाध्यक्ष अरुण रुपाखेती, सचिब परशु तिमील्सिना, कोसाध्यक्ष पुस्कर पन्त, सदस्य अनिल खनाल, सँरक्षक होमनाथ सुबेदी लगायत कार्य समिती भित्र र बाहिर रहनुभएका सबै साथीहरु प्रति साथ र सहयोगका लागि आभार प्रकट गर्दै म सलाम गर्दछु भन्नुभएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
बेलायतको लण्डनमा लामो समयदेखि व्यवसाय गरेर बसिरहनुभएका व्यवसायी एवं समाजसेवी महन्त श्रेष्ठ बेलायतका लागि पर्यटन दूत नियुक्त हुनुभएको छ ।
भिएना । सन् २००९ मा स्कट ल्याण्ड पुगेर फोटोग्राफीलाई आफ्नो पेशा बनाएका सन्तोष भट्ट अहिले जर्मन शहर फ्रान्क फर्टको स्थानीय
भियना ।नेपाली साहित्यकार समूहले बिश्वभरका नेपालीभाषी साहित्यकारहरूलाई जोडेर रचना वाचन तथा सरस्वति सम्मान कार्यक्रम सम्पन्न ग-यो। जुम प्रविधिको प्रयोग गरेर
पोर्चुगल । शम्भु सिलवाल छ वर्षयता पोर्चुगलमा हुनुहुन्छ । नेपालमा झ्याइँकुटी झ्याई टेलिशृङ्खलामा घिन्ताङे पात्रसँगै दोहोरी साँझ, भजन, लोकदोहोरी क्षेत्रमा