मङ्गलबार गएको शक्तिशाली भूकम्पमा अहिलेसम्म ७६ को मृत्यु, २,३६४ घाइते

३१ बैशाख २०७२, बिहीबार ००:१२ मा प्रकाशित

काठमाडौँ, ३० वैशाख । मङ्गलबार गएको शक्तिशाली भूकम्पपछि हालसम्म ७६ जनाको मृत्यु भएको छ भने दुई हजार ३६४ जना घाइते भएका छन् ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कमलसिंह बमका अनुसार मङ्गलबार गएको शक्तिशाली भूकम्पपछि मुलुकभर मृत्यु हुनेको सङ्ख्या ७६ पुगेको छ ।

भूकम्पपछि गम्भीर घाइतेमध्ये २५ जनालाई आजै सिन्धुपाल्चोक, रामेछाप र दोलखाबाट हेलिकप्टर मार्फत काठमाडौँ ल्याई विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

साथै, भूकम्पप्रभावित क्षेत्रमा उद्धारका लागि दोलखा गएको अमेरिकी सेनाको हेलिकप्टर मङ्गलबार अपराह्नदेखि सम्पर्कविहीन भएकोमा हालसम्म पनि कुनै सम्पर्क नभएको प्रवक्ता बलले जानकारी दिनुभयो ।

उहाँले सो हेलिकप्टर दोलखाको सुनखानी आसपासको क्षेत्रमा हुनसक्ने आशङ्कामा खोजीकार्यका लागि अन्य हेलिकप्टर र स्थलगत रुपमा त्यसतर्फ सुरक्षाकर्मीहरु परिचालन गरिएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो

ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्

काठमाडौं । निर्वाचन आयोगमा सरिता तिवारीको अध्यक्षतामा दर्ता भएको नेकपा एमालेले बैठक बोलाएको छ । सर्वोच्च अदालतले नेकपालाई पार्टी एकीकरणको

आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका