बीचबाटोबाटै काठमाडौँलाई बाइबाइ

३० बैशाख २०७२, बुधबार ०९:४८ मा प्रकाशित

काठमाडौँ, ३० वैशाख । भूकम्पको त्रासदी कम भएपछि गृह जिल्ला पर्वत पुगेकी विष्णुकुमारी न्यौपानेलाई काठमाडौँ फर्केकोमा पछुतो लागेको छ ।

यही वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि क्रमिकरुपमा कम हँुदै गएका पराकम्पनले काठमाडौँ उपत्यकाको जनजीवन सामान्य भएपछि न्यौपाने गत सोमबार पुनः काठमाडौँ फर्केकी थिइन् ।

भद्रकालीप्लाजाको खाली जग्गामा त्रिपालमा बस्दै आएकी न्यौपानेजस्तै लाखौँ सर्वसाधारण उपत्यकाबाट बाहिरिएका थिए तर काठमाडौँको जनजीवन सामान्य बन्दै जान थालेपछि कामकाजी अधिकांश सर्वसाधारण क्रमशः राजधानी फर्कन थालेका थिए ।

पाल्पाबाट काठमाडौँ आउँदै गरेकी कुबिजा अर्याल मङ्गलबार गएको भूकम्पको ठूलो पराकम्पनको समाचार सुनेपछि बीचबाटो (पोखराबाटै) पुनः घर फर्किन् ।

भूकम्पपछि निरन्तर गइरहेको पराकम्पनको त्रासले राजधानी आउन डराएकी अर्याल एक प्रतिनिधि पात्र मात्र हुन् । उनीजस्तै सयौँ सर्वसाधारण विभिन्न जिल्लाबाट राजधानी आउन लागेको भएपनि मङ्गलबारको शक्तिशाली पराकम्पनपछि आ–आफ्नै गृह जिल्ला फर्किएका छन् । त्यस्नै राजधानी बाहिरिनेको सङ्ख्या पनि पुनः वृद्धि भएको छ ।

काठमाडौँको मैतीदेवीमा बस्ने विश्वबन्धु भण्डारीले भूकम्पको त्रास कम भएसँगै केहीदिनदेखि डेरामा बस्दै आएका थिए तर मङ्गलबारको भूकम्पले पुनः त्रासदी फैलाएपछि अहिले उनी गृह जिल्ला फर्किने मनस्थितिमा छन् ।

त्यस्तै विनाशकारी भूकम्पपछि काठमाडौँको घट्टेकुलोमा केहीदिनयता कोठामै बस्दै आएकी सुर्खेतकी कृष्णा पौडेल मङ्गलबारदेखि पुनः पालमुनीको कष्टकर रात बिताउन बाध्य छिन् ।

मङ्गलबार दिउँसो गएको ६.८ रिक्टर स्केलको भूकम्पको पराकम्पनले उपत्यकावासीलाई पुनः तर्साएको छ । पराकम्पनलगत्तै नयाँ बसपार्क र कलङ्कीमा आफ्ना निजी र सार्वजनिक सवारी साधनबाट राजधानी बाहिरिनेको घुइँचो लागेको थियो ।

राजधानीको सामाखुशी बस्दै आएका राजेन्द्र घिमिरेले आफू भाडामा बस्दै आएको घर मङ्गलबारको शक्तिशाली पराकम्पनले चर्किएपछि राजधानी छोडेर गृहजिल्ला तनहु फर्केको बताए ।

साथै घर तथा डेरामा बस्दै आएका सर्वसाधारण मङ्गलबारको पराकम्पनपछि पुनः पालमुनिको निकै सकसपूर्ण रात बिताउन बाध्य भएका छन् ।

काठमाडौँका टुडिखेल, खुल्लामञ्च, दशरथ रङ्गशाला, सिंहदरबार, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, कोटेश्वर, जावलाखेल, पुल्चोकलगायतका खुल्ला स्थानमा हजारौँ सर्वसाधारण त्रिपालमुनी बसेका थिए ।

यही वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि त्रासदीले १० लाख भन्दा बढी सर्वसाधारण उपत्यका बाहिरिएका थिए भने भूकम्पको प्रभाव कमभएसँगै उपत्यका भित्रिने सार्वसाधारणको सङ्ख्यामा पुनः कमी आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

काठमाडौं । नेपाली काँग्रेसले बदलिँदो राजनीतिक परिस्थितिमा संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर निर्णय लिने भएको छ । कांग्रेसका सभापति