मंगलबार गएको प्रलयकारी भूकम्पले दोलखाका कम्तीमा ३५ जनाको ज्यान गयो

३० बैशाख २०७२, बुधबार ०९:३७ मा प्रकाशित

काठमाडौं, ३० वैशाख । मंगलबार गएको शक्तिशाली भूकम्पले दोलखामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । मृतक र घाइतेको संख्या थप बढिरहेको स्थानिय प्रसाशनले जनाएको छ । मंगलबार राति अबेरसम्म ८६ जनाको उद्धार गरि उपचारार्थ राजधानी पठाइएको स्थानिय प्रसाशनले जनाएको छ । मंगलबारको भूकम्पले सदरमुकाम चरिकोटमा ठूलो क्षति पुगेकोे छ । होटेल संगमका दुईवटा भवन, नेपाल बैंक र अरनिको डेभलेपमेन्ट बैंक बसेका भवनहरू पूर्ण रूपमा भत्केका छन् । पाँचतले होटेल प्याराडाइज ढल्दा कम्तीमा ५ जना पुरिएको अनुमान छ । उद्धार टोलीले त्यहाँबाट दुई शव निकालेको छ । यस अघि गएको भूकम्पले जिल्लाका ५७ हजारमध्ये ५० हजार घर क्षतिग्रस्त भएका थिए । तर त्यतिबेला बचेका घर, विद्यालय, स्वास्थ्य केन्द्रहरूमा समेत यस पटक क्षति पुगेको छ । भुकम्प गए लगत्तै नेपाली सेना, अमेरिकी र भारतीय वायुसेनाका हेलिकप्टर र ओस्प्रे विमानले गाउँ-गाउँबाट घाइतेको उद्धार गरेका थिए । गाउँ-गाउँबाट उद्धार गरिएका घाइतेको उद्धार गरेर सदरमुकामसम्म ल्याएका थिए ।

दोलखामा मर्नेहरुको बिबरण:

रुकु थापा, भीमेश्वर १०

पुस्कर थामी, सुस्पा क्षमावती ३

बुढीनी पाठक, सुनखानी ३

राममाई तामाङ, लामाबगर ५

निमदोर्जे तामाङ, लामाबगर ५

धनबहादुर खत्री, भीमेश्वर ४

रोजन बस्नेत भीमेश्वर ९

लक्ष्मी श्रेष्ठ, वरोङ ७

सन्तमाया थामी फस्कु ३

धनकुमारी बुढाथोकी फस्कु ४

निरुता मोक्तान फस्कु ८

जेनिसा खड्का काटाकुटी २

नवीन राउत भीमेश्वर १

पेमाडोमा शेर्पा लाकुरीडाँडा

मित्रप्रसाद चौलागाइर्ं भीनपा ५

रूपा तामाङ भीमेश्वर ४

सिर्जना थापा भीमेश्वर ९

मैते विक भीमेश्वर ४

जमुना तामाङ भेडपु ५

पूणी तामाङ गैरीमुदी

मनमाया तामाङ भीनपा १०

आयुष कार्की झुले ५

टंक श्रेष्ठ भुसाफेदा ६

पूणिर्माया चौलागाइर्ं भीनपा ५

माधव भुसाल कैलाली फूलबारी

सिजन गुरुङ

विष्णुमाया श्रेष्ठ लामीडाँडा ५

सुर्दा काफ्ले जफे ५

निरुता कार्की जफे ८

शशिदेवी पर्खिन सुरी ७

सन्तोष खड्का, चरिकोट

अनिल केसी भीमेश्वर १०

सिंगटीमा ३ जना नाम नखुलेको

स्रोत : नेपाली सेना/प्रहरी

‘तीन घर मात्रै ठाडा देखें’

निमा तेन्जी शेर्पा

मार्बु ५, दोलखा

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित हुनुभएको छ । शान्ति समाजको यही फागुन