उद्धारमा खटिएको अमेरिकी सेनाको हेलिकप्टर सम्पर्कविहीन

३० बैशाख २०७२, बुधबार ०९:२४ मा प्रकाशित

काठमाडौं, वैशाख ३० । ठूलो भूकम्पलगत्तै खोज तथा उद्धारका लागि दोलखातर्फ उडेको अमेरिकी सेनाको मरिन यूएच वानएच हेलिकप्टर मंगलबार दिउँसोदेखि सम्र्पकविहीन भएको छ । सैनिक प्रवक्ता सहायकरथी जगदीशचन्द्र पोखरेलका अनुसार दोलखाको सुनखानी क्षेत्रमा गएको उक्त हेलिकप्टर दिउँसो २।३० बजेबाट सम्पर्कविहीन भएको हो ।

सेनाका अनुसार हवाई र पैदल फौजबाट हेलिकप्टरको खोजीकार्य जारी छ । हेलिकप्टरमा एक नेपाली लियाजन अधिकृत र कम्तीमा दुई अमेरिकी चालक छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार भीई जिरो वान कलसाइन भएको यो हेलिकप्टर बिहान ९ बजेर १७ मिनेटमा काठमाडौंबाट बाहिर उडेको थियो भने ११ बजेर ३७ मिनेटमा फर्किएको थियो । तर, पछि कति बजे उड्यो भन्नेबारे विमानस्थललाई थाहै छैन । विमानस्थल उच्च स्रोतका अनुसार, दिउँसो २ बजे यसले चरिकोटबाट सरकिट रिपोर्ट गरेको छ । त्यसपछि सम्पर्कमा आएको छैन ।

ुभुइँचालो गएपछि यो हेलिकप्टर कतै उड्यो । त्यतिबेला हामी रनवे बन्द गरेर टावर खाली गरी त्रासले मैदानमा ओर्लिएका थियौं,ु स्रोत भन्छ, ुत्यसबेला यो उडेको हुनुपर्छ । हामी त्यतिबेला टावरमा थिएनौं ।ु कामु महाप्रबन्धक वीरेन्द्रप्रसाद श्रेष्ठका अनुसार १२ बजेर ५६ मिनेटमा भूकम्प आएपछि रनवे बन्द गरिएको थियो र २ बजेर ५५ मिनेटमा खुला गरिएको थियो । त्यसबीचमा थुप्रैै हेलिकप्टर उद्धारका लागि उडेका थिए ।

अमेरिकी सेनाको ३६औं कार्गोमा आएको यो हेलिकप्टर जापानबाट ल्याइएको हो । यस्ता हेलिकप्टर तीनवटा ल्याइएका थिए । यीसहित चार लडाकु भी २२ ओस्प्रे विमान अहिले नेपालमा परिचालित छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राउत क्षत्री सेवा समाज नेपालको १३औं बार्षिक साधारणसभा तथा छैठौं अधिवेशनले इञ्जिनियर भगवानबहादुर राउतलाई पुनः अध्यक्षमा चयन गरेको

काठमाडौँ । ललितपुरको पाटन दरबार क्षेत्रबाट हराएको लक्ष्मीनारायणको मूर्ति अमेरिका सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । एकतीस वर्षदेखि टेक्सस राज्यको

काठमाडौं । नेकपा ओली समूहको संसदीय दलको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकमा प्रधानमन्त्री तथा ओली

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रतिनिधिसभाको सातौँ अधिवेशन भोलि आइतबारदेखि शुरु हुँदैछ ।