मैनाली नेपाल फिर्ता,परिवारमा खुसीयाली

२ असार २०६९, शनिबार १५:२८ मा प्रकाशित

काठमाडौ, २ असार । लामो जेल जीवनबाट मुक्त हुनु भएका गोबिन्दप्रसाद मैनाली आज नेपाल फर्किनुभएको छ । उहाँ दिउँसो साढे १२ बजे थाई एअरको विमानबाट त्रिभुवन विमानस्थलमा उत्रिनुभएको हो । उहाँलाई स्वागत गर्न उहाँकी आमा चन्द्रकला, दाजु लगायत आफन्तजन  विमानस्थल पुग्नुभएको थियो । विमानस्थलमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै लामो समयपछि नेपाल आउन पाएकोमा आफू खुसी भएको प्रतिक्रिया दिनुभएको थियो ।  एक जापानी महिलाको बलत्कारपछि हत्या गरेको अभियोगमा मैनाली जेल पर्नुभएको थियो । तर  गत बर्ष डिएनए परिक्षण पछि निर्दोष सावित हुनु भएको थियो । रिहा भएपछि अहिलेसम्म औपचारिक प्रतिक्रिया नदिनुभएका मैनालीले आजै साँझ पाँचबजे पत्रकारसम्मेलन गरेर घटनाका बारेमा जानकारी गराउने कार्यक्रम तय गरिएको छ । सन् १९९७ मा जापनकी यौनकर्मी महिलाको बलात्कारपछि हत्या गरेको अभियोगमा जेल पर्नुभएका मैनालीलाई टोकियोको उच्च अदालतले जेठ २५ गते निर्दाेष ठहर गरेको थियो । उहाँको बारेमा फैसला सुन्न उहाँकी श्रीमति र दुई छोरी जापानमै पुगेका थिए । यसैबीच, मैनालीबारे समाचार संकलनका लागि उहाँको निवास काठमाण्डू मिनभवनमा स्वदेशी तथा विदेशी पत्रकारहरुको भीड लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र