उद्धारका लागि खटिएको अमेरिकी सेनाको हेलिकप्टर सम्पर्क विहीन

३० बैशाख २०७२, बुधबार ००:४६ मा प्रकाशित

काठमाडौं , ३० वैशाख । भूकम्प प्रभावित क्षेत्र दोलखा आस पासमा उद्धारका लागि खटिएको अमेरिकी सेनाको यूएनएच-१-हुवे हेलिकप्टर दोलखाको सुनखानी क्षेत्रबाट सम्पर्क विहीन अवस्थामा पुगेको छ । मंगलबार मध्यान्ह भूकम्पको केन्द्रबिन्दु सुनखानीका लागि उडेको हेलिकप्टर दिउँसो २ बजेदेखि सम्पर्कविहीन भएको हो । हेलिकप्टरमा एक नेपाली र दुई अमेरिकी नागरिक सवार रहेको गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले पुष्टि गरेका छन् । नेपाली सेनाको उच्च स्रोतले हेलिकप्टर सम्पर्कविहीन भएको पुष्टि गरेको छ । सेनाले हराएको हेलिकप्टर खोज्न अमेरिकी सेनाको अर्को हेलिकोप्टर गएको तर फेला पार्न नसकेको जनाएको छ । पौने सात बजेसम्म आइपुग्नु पर्ने राति अबेर सम्म सम्पर्कमा नआएको गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री

ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी हुँदा ३५ भन्दा बढी घर जलेका छन् । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ तथा