
काठमाडौँ, ३० वैशाख । मंगलबार मध्याह्न १२ बजेर ५० मिनेट जाँदा सिन्धुपाल्चोक र दोलखाको सिमानालाई केन्द्रबिन्दु बनाएर ७.३ रिक्टर स्केलको भूकम्प गएको अमेरिकी भुगर्व केन्द्रले जनाएको छ । अमेरिकी भुगर्व केन्द्रका अनुसार आजै अपराह्न १ बजेर २१ मिनेटमा पनि दोलखालाई केन्द्रबिन्दु बनाएर अर्को ६.२ रिक्टर स्केलको अर्को कम्पन गएको थियो । त्यसैगरी, १ बजेर ५८ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५.३ रिक्टर स्केलको अर्को कम्पन गएको थियो । भूकम्पमा परि अहिले सम्म ६१ जनाको मृत्यु भैसकेको छ हजारौ घाइते सम्पर्कमा आएका छन् । मंगलबारको भूकम्पमा परी ११ जिल्लाका ६१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या दोखलामा सबैभन्दा बढी छ । दोखलामा ३४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
उता नेपाल सरकारको आधिकारिक निकाय राष्ट्रिय भुकम्प मापन केन्द्रले भने मंगलबार दिउँसो १२:५० बजे सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ६ दशमलब ८ रेक्टर स्केलको भूकम्प गएको बताएको छ । बैशाख १२ गते महाभूकम्प गएपछि भएको एक सय बढी पराकम्पनपछि अर्को शक्तिशाली भूकम्प गएको हो । भूकम्पमा परी देशभर ११ सय बढी घाइते भएको प्रहरीले जनाएको छ ।कम्पनबाट त्रसित भएका सर्वसाधारणको टुडिँखेललगायत खुलास्थानमा भीड लागेको छ । रेडक्रसजस्ता समाजसेवी संस्थाले सर्वसाधारणलाई धर्य रहन र नआत्तिन आग्रह गर्दै माइकिङ गरिरहेका छन् । भैँचालोबाट घाइते भएकालाई राजधानीका अस्पतालमा ल्याउनेक्रम जारी छ ।
जिल्ला र मृतक संख्या:
दोलखा ३४
सिन्धुपाल्चोक ११
काठमाडौ ४
रामेछाप ४
सिन्धुली २
ललितपुर १
धनुषा १
सर्लाही १
सुनसरी १
रौतहट १
गोरखा १
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन
काठमाडौं । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।
काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह