ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा अन्तर्राष्ट्रिय नर्स दिवस मनाईंदै ।

२९ बैशाख २०७२, मंगलवार ११:३३ मा प्रकाशित

काठमाण्डौ बैशाख २९ ।  आज अन्तर्राष्ट्रिय नर्स दिवस ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल (आईसीएन) को आह्वानमा आधुनिक नर्सिङकी संस्थापिका फ्लोरेन्स नाईटिङ्गेलको जन्मदिनको अवसर पारेर हरेक वर्ष मे १२ तारिखमा नर्स दिवस मनाउने गरिन्छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पनि विभिन्न कार्यक्रम सहित यो दिवस मनाइएको छ । अन्तर्राष्ट्रिय नर्स दिवसको यो वर्षको नारा ‘अ फोर्स फर चेन्ज – केयर इफेक्टिभ,कस्ट इफेक्टिभ ’ तय गरिएको छ । बालमृत्युदर घटाउने, आमाको स्वास्थ्यमा सुधार तथा एचआईभी-एड्स र मलेरिया न्यूनीकरण लगायतका सहश्राब्दी विकास अन्तर्गतका स्वास्थ्य सम्बन्धि लक्ष्य हाँसिल गर्न नर्सहरुको महत्वपूर्ण भूमिका रहँदै आएको छ । आम नागरिक र समुदायमा पनि प्रत्यक्ष परोक्ष रुपमा नर्सहरुको योगदान रहने भएकाले स्वास्थ्य समस्या समाधानका लागि हाम्रो समाजमा नर्सहरुको भूमिका महत्वपूर्ण मानिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई

काठमाडौं । सभामुख र सांसदहरुलाई आज कोरोना भाइरसविरुद्धको खोप लगाईंदैछ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

टीकापुर । सन्तानको रहर पुगेकाहरुका लागि सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा दुई दिनमा ४६ जनाले सेवा लिएका छन् । पहिलो