भूकम्प प्रभावितको सहयोगार्थ भक्तपुरमा युवा सक्रियता बढ्यो

२९ बैशाख २०७२, मंगलवार ११:२४ मा प्रकाशित

काठमाण्डौ बैशाख २९ । बैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट क्षति भएको संरचना निर्माण गर्ने क्रममा भक्तपुरका युवाहरु क्रियाशील भएका छन् । उद्योगमन्त्री महेश बस्नेतको संरक्षणमा मानव आस्था नेपाल नामक संस्थामा सक्रिय युवाहरुले स्थानीय स्तरमा अस्थायी र स्थानीय आवासको निर्माण गर्न थालेका हुन् । यसैक्रममा उद्योग मन्त्री महेश बस्नेतले आज भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका वडा नं. १०मा अस्थायी घरको निर्माण कार्यको थालनी गर्नुभयो । नगरपालिकाको अति प्रभावित उक्त क्षेत्रमा हाललाई ५० वटा अस्थायी घर निर्माण गरिनेछ भने जिल्लाको किवाचोक र चित्रपुरमा २५/२५ र भक्तपुर नगरपालिका ५० वटा यस्ता अस्थायी घर निर्माण गरिनेछ । भूकम्पबाट अति प्रभावित जिल्लाका भक्तपुर र अनन्तलिङ्गेश्वर नगपालिका अन्तर्गतका विभिन्न वडामा मन्त्री बस्नेतको अगुवाइमा पुनर्निर्माण कार्यमा युवा सक्रियता बढेको हो ।
जिल्लामा भूकम्प प्रभावितहरुका निम्ति हाल २ सय वटा अस्थायी घर निर्माण गरिने मन्त्री बस्नेतले जानकारी दिनुभयो । स्थानीय युवाहरुको सक्रियतामा विभिन्न दाताहरुको सहयोगमा यो अभियान चलाइएको मानव आस्था नेपालका संयोजक श्रीकुमार रञ्जितले जानकारी दिनुभयो । ‘हुनेबाट संकलन, नहुनेलाई वितरण” भन्ने नारासहित जिल्लामा भूकम्प पीडितहरुलाई विभिन्न राहत तथा सहयोग वितरण कार्य समेत भइरहेको छ । विभिन्न उद्योगी, व्यापारी तथा गैरआवासीय नेपालीहरुले समेत यो अभियानमा सहयोगी हातहरु बढाइरहेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय सभाकी सांसद कोमल वलीले विघटित नेकपा नेता रघुजी पन्त विरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेकी छन ।

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन्। यही फागुन १७–१९

काठमाडौं । स्वदेशी उत्पादनलाई बढावा दिँदै आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्ने लक्ष्यका साथ नेपाल उद्योग परिसङ्घले ‘मेक इन नेपाल स्वदेशी