एमाले काग्रेस गठबन्धनले प्रधानमन्त्रीको राजिनामा विना वार्ता नगर्ने

२ असार २०६९, शनिबार ११:५० मा प्रकाशित


काठमाडौ, २ असार । नेपाली काग्रेस र नेकपा एमालेले नेतृत्व गरेको २६ दलको गठबन्धनले प्रधानमन्त्री डा बाबुराम भट्टराईको राजिनामालाई माओवादीसँगको बार्ताको पूर्व सर्तको रुपमा अगाडि सारेको छ ।
एमाले मुख्यालय बल्खुमा बसेको २६ दलका शिर्ष नेताहरुको बैठकले प्रधानमन्त्रीले राजिनामा नगरी कन माओवादी वा सरकारसँग कुनै पनि औपचारिक बार्ता नगर्ने निर्णय गरेको हो ।
बैठकले प्रधानमन्त्रीको राजिनामा विरुद्ध सुरु गरेको आन्दोलनको समिक्षा गर्दै थप आन्दोनलको कार्यक्रम सन्चालन गर्ने निर्णय पनि गरेको छ । जसअनुसार प्रतिपक्षी २७ दलहरुको बैठकले असार ५ गतेदेखि २५ गतेसम्मका लागि आन्दोलनको कार्यक्रम तय गरेका हुन् । आन्दोलनका कार्यक्रम अन्तर्गत,कोण सभा, राँकेजुलुस, घेराउ लगायतका कार्यक्रम तय गरेका छन् । उनीहरुले ब्राजिल भ्रमणमा प्रधानमन्त्री जाँदा विरोध स्वरुप कालो झण्डा देखाउने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्