दोस्रो स्थान हात पार्ने सम्भावना बोकेको आर्सनल पराजित

२९ बैशाख २०७२, मंगलवार १०:१९ मा प्रकाशित

काठमाडौं, बैशाख २९ । इङ्गलिश प्रिमियर लिग फुटबल अन्तर्गत गएराती भएको खेलमा आर्सनल पराजित भएको छ । लिगमा दोस्रो स्थान हात पार्ने संभावना जिवित रहेको आर्सनललाई गएराती स्वान्सी सिटीले १-० ले हराएको हो ।
खेलमा स्वान्सीलाई विजयी गराउन बफाटेम्बी गोमेसले ८५ औं मिनेटमा निर्णायक गोल गरे । यो हारसँगै आर्सनलको ११ खेल लामो अपराजित यात्रामा पुर्णविराम लागेको छ ।
गएरातीको खेलपछि इङ्गलिश प्रिमियर लिग फुटबलको अंक तालिकमा ३६ खेलबाट ८४ अंक जोडेको च्याम्पियन चेल्सी शिर्ष स्थानमा रहेको छ ।
समान खेलबाट ७३ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ भने एक खेल कम खेलेको आर्सनल ७० अंकका साथ तेस्रो स्थानमा रहेको छ । ३६ खेलबाट ६८ अंक जोडेको म्यान्चेस्टर युनाइटेड शिर्ष चारभित्र सुरक्षित छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले म्यान्चेस्टर सिटीलाई २–० ले हराएको छ । यो हारसँगै म्यान सिटीको २१ खेल लामो

स्पेनिस लिग फुटबलमा बार्सिलोनाले ओसासुनालाई २–० ले हराएको छ । गएराति ओसासुनाको मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन योर्डी अल्बा

न्यूजिल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पाँच खेलको ट्वान्टी–ट्वान्टी क्रिकेट सिरिजको चौथो खेलमा शानदार जित हात परेको छ । घरेलु टोलीलाई ५०

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई चेल्सीले १–० ले हराएको छ । गएराति लिभरपुलको मैदानमा भएको खेलमा