भूकम्प जाने क्रम अझै रोकिएन

२९ बैशाख २०७२, मंगलवार १०:१५ मा प्रकाशित

काठमाण्डौ बैशाख २९ । गए राती ४ रेक्टर स्केलभन्दा माथिका चारवटा साना भुईचालो गएको छ । आज बिहान २ बजेर ८ मिनेटमा गोरखा र धादिङ केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट«िय भूकम्प मापन केन्द्रले जनाएको छ ।
त्यसअघि १२ बजेर ७ मिनेटमा धादिङ र ११ बजेर ५४ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो । सोमबार बेलुकी ८ बजेर ३५ मिनेटमा पनि सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो
बैशाख १२ गते ७ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएपछि अरु साना धक्का आइरहेका छन् । यसरी साना भूकम्प गइरहदा ठूलो भूकम्प आउने सम्भावना नरहेको विज्ञहरुले बताउदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइपछि सो कदम असंवैधानिक भएको ठहर गर्दै पुनःस्थापना

काठमाडौं । नेपाली सेनाले सर्वोच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र