भूकम्पको पराकम्पन आउने क्रम जारी, सोमबार साँझ परेको चट्यांगमा एकको मृत्यु

२९ बैशाख २०७२, मंगलवार ००:१७ मा प्रकाशित

काठमाडौं, २९ बैशाख । सोमबार साँझ आएको हुण्डरी र परेको असिना पानीसंगै सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको छ । सोमबार राती ८ बजेर ३५ मिनेट जादा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प मापन केन्द्रले जनाए अनुसार आइतबार ४ वटा पराकम्पन गएका थिए भने आज अहिलेसम्म यही एउटा मात्रै पराकम्पन गएको छ । यससंगै अहिलेसम्म ४ रेक्टर वा सोभन्दा माथीका १६० वटा पराकम्पनहरु गएका छन् ।

ठूलो भूकम्पपछि साना पराकम्पन आउने क्रम जारी रहेकाले नआत्तिन राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले आग्रह गरेका छन् ।

यस्तै हावाहुरीसँगै परेको चट्याङले धादिङमा एकजनाको ज्यान गएको छ भने तीनजना घाइते भएका छन् ।
चट्याङले धादिंगको नीलकण्ठ नगरपालिका ११ का २० वर्षीय सुनिल गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर सोही ठाँउका १९ वर्षीय प्रनिशा गुरुङ, २४ वर्षीया शान्ति थापा र ६० वर्षीय मानबहादुर गुरुङ घाइते भएको प्रहरी नायव उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै छन् । पुलको शिलन्यास र चीन नेपाल मैत्रिपूर्ण औधोगिक

राष्ट्रिय दलित पत्रकार सङ्घको प्रथम महाधिवेशन यही फागुन २८ र २९ गते रुपन्देहीको बुटवलमा हुने भएको छ । देशभर विभिन्न

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा एक

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०